
फेसबुकमा मात्र होइन, २२ वर्ष विद्यार्थी राजनीति र १० वर्ष भूगोल क्षेत्रमा सक्रिय छु : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट — अधिवक्ता रामेश्वर भण्डारीले आफू सामाजिक सञ्जालमार्फत मात्र होइन, प्रत्यक्ष राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको स्पष्ट गरेका छन्।
भण्डारीका अनुसार उनले करिब २२ वर्ष विद्यार्थी राजनीतिमा संलग्न रहँदै नेतृत्व विकास, संगठन विस्तार र अधिकार संरक्षणका विषयमा काम गरेका छन्। साथै, पछिल्ला १० वर्षदेखि भूगोल तथा स्थानीय विकासमा आधारित राजनीतिक अभियानमार्फत जनताको मुद्दा उठाउँदै आएको उनको भनाइ रहेको छ।
“फेसबुकमा देखिनेभन्दा बढी अनुभव र प्रत्यक्ष क्रियाशीलता मेरो भूमिकामा रहँदै आएको छ,” भण्डारीले भने, “जनताको विश्वास, सुशासन र समृद्धिसँग सम्बन्धित अभियानलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्दैछु।”
भण्डारीले युवालाई मुलधारको राजनीतिमा सक्रिय रूपमा सहभागी गराउने, नागरिक अधिकारको संरक्षण र उत्तरदायी नेतृत्व निर्माण आफूले अघि सारेको प्राथमिकता भएको बताए।










