तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट
तादी–१२, नुवाकोट, २०८२ पुष १२ ।
तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज भब्य रुपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष  सोनाम तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष  सन्तमान तामाङ प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष   सन्जु प्याकुरेल विशेष अतिथि तथा प्र.प्र.अ  तेजेन्द्र गौतम, वडा अध्यक्ष   अश्मिन कुमार पाण्डे, बरिष्ठ विद्यालय निरीक्षक    सन्तोष खनाल, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, कर्मचारीहरू, सुरक्षाकर्मी, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको उद्घोषणा श्री दीपकप्रसाद सिटौलाले गर्नुभएको थियो।
तीन दिनसम्म (२०७२/०९/१० देखि २०७२/०९/१२) सञ्चालन भएको प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, १००, २००, ४०० र ८०० मिटर दौड, १×४०० मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, हाईजम्प, लङ्जम्प, ट्रिपल जम्पलगायतका एथलेटिक्स खेलहरू समावेश गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रा खेलाडीहरूलाई पदक प्रदान गरिएको थियो भने भलिबल तथा एथलेटिक्सतर्फ उत्कृष्ट हुने विद्यालयहरूलाई ट्रफी प्रदान गरिएको थियो।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड अमर ज्योति माध्यमिक प्राविधिक विद्यालय ले सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। सुन्दरा माध्यमिक विद्यालय,तादी–४द्वितीय सुन्दरादेवी माध्यमिक विद्यालय
तृतीय स्थानमा रहन सफल भएका छन्।
सहभागी सम्पूर्ण विद्यालय, प्रशिक्षक तथा विद्यार्थीहरूलाई शुभकामना र बधाई दिँदै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY