नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङले स्व. पण्डितको समाजप्रेम, शिक्षा प्रतिको समर्पण र सकारात्मक परिवर्तनका लागि गरेको संघर्ष नेपाली समाजका लागि प्रेरणा भएको बताउनुभयो। उहाँले भन्नुभयो ।समाजका लागि समर्पितव्यक्तित्वहरूको सम्झना भावी पुस्ताका लागि ऊर्जा हो। गणेश पण्डितज्यूको योगदान सदैव जिवन्त रहनेछ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमार्फत स्व. पण्डितको व्यक्तित्व र योगदानको स्मरण गर्दै स्थानीय विकासमा समुदायको सहभागिता झनै बढ्दै गएको जनाइएको छ।दुप्चेश्वर गाउँपालिकाका प्रतिनिधिहरूले स्मृति पार्कको संरक्षण र व्यवस्थापनका लागि निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY