
काठमाडौं । अधिवक्ता रामेश्वर भण्डारीले कल्याणकारी राज्य निर्माणका लागि नागरिकहरूको सक्रिय भूमिका र सचेतना अपरिहार्य रहेको बताएका छन्।
उनका अनुसार संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन र सामाजिक न्यायको स्थापना नागरिक स्वयं सचेत र जिम्मेवार बनेर अघि बढ्दा मात्रै सम्भव हुन्छ ।
“कल्याणकारी राज्य सचेत नेपाली नागरिक बनाउने अभियानमा छौँ,” भण्डारीले भने, “नागरिकले आफ्नो हकहितका विषयमा अवगत भएर राज्यसँग प्रतिवेदन गर्न सक्नुपर्छ, तब सुशासन र समानता कायम हुन्छ ।”
अधिवक्ता भण्डारीले समावेशी नीतिको प्रभावकारी कार्यान्वयन, पारदर्शी शासन तथा सार्वजनिक सेवा वितरणमा सुधारले नागरिकलाई राज्यप्रति भरोसा बढाउने उल्लेख गरे।
उनले कानुनी शिक्षाको विस्तार, अधिकारबारे जनस्तरमा जागरण र युवालाई नीति निर्माणमा सहभागी गराउनेजस्ता पहललाई अबको आवश्यक एजेन्डा बताउँदै सबै नागरिकले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे।











