खरानीटार नुवाकोट / तादी गाउँपालिकाको आयोजनमा ११५ औं अन्तराष्ट्रिय महिला दिवस गाउँपालिका कार्यालयको प्राङ्गणमा भएको थियो । अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य तथा कानुन , न्याय तथा मानब अधिकार समितिका सभापति माननीय विमला सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य बिशेष अतिथिहरुमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ ,उपाध्यक्ष सन्जू प्याकुरेल श्रेष्ठ अन्य अतिथिहरुमा वडा अध्यक्ष आश्‍विन कुमार पाण्‍डे, नेपाल ग्रिनतारा फाउन्डेसनको अध्यक्ष बन्दिनीमा शेर्पा , रुडेक नेपालका प्रतिनिधि साथै कार्यपालिका सदस्य ,वडा सदस्य ,बिभिन्न पेसा व्यवसायमा आबद्द हुनुभएका दिदिबहिनिहरु , तादी गाउँपालिका कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वक्तृत्त्वकला तथा विविध कार्यक्रम समेत भएको थियो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा कानुन न्याय तथा मानब अधिकार समिति सभापति माननीय बिमला सुबेदीले कार्यक्रममा सहभागीहरु लाई सम्मान ,पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

LEAVE A REPLY