खरानीटार नुवाकोट / तादी गाउँपालिका खरानीटार अबस्थित खरानीटार अस्पतालको बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननिय किरण थापा मगरले अबलोकन तथा निरिक्षण गरेका छ्न । अबलोकन तथा निरिक्षणको क्रममा बागमति प्रदेश मुख्य मन्त्रिका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह ,प्रदेश सचिव डा. सुमित्रा गौतम साथै बागमती प्रदेश सरकार
स्वास्थ्य निर्देशनालय निर्देशक डा. नरेन्द्र कुमार झा नुवाकोट ,जि.स.स प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीको सयुक्त टोलिले खरानीटार अस्पतालको निरिक्षण तथा अवलोकन गर्नु भएका छन । उक्त अबलोकन तथा निरिक्षणको क्रममा खरानीटार अस्पतालको डा. प्रिति खनालबाट अस्पतालको बस्तुस्थिति बारे जानाकारी दिएका थिए । उक्त कार्यक्रममा तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ,उपाध्यक्ष सन्जु
प्याकुरेल श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल ,खरानिटार इलाका प्रहरी कार्यालय प्रमुख जयन्ती थापा , अस्पताल व्यवस्थापन समिति सदस्य रोशन श्रेष्ठ ,तादी गाउँपालिका विभिन्न शाखाको प्रमुख तथा कर्मचारीहरु लगायत अस्पतालको कर्मचारीहरु साथै स्थानिय नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा प्रस्तुतिकरण समेत भएको थियो । अबलोकन तथा निरिक्षणको क्रममा अस्पतालको हालको बस्तुस्थिति बारे जानकारी गराउनुको साथ तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङबाट
विशेषगरी खरानीटार अस्पतालको सवलीकरण तथा स्तोरउन्नतिको लागि आवाश्यक बजेट व्यवस्थापनको सम्बन्धमा माननिय स्वास्थ्य मन्त्री किरण थापा मगरलाई ध्यानकर्षण समेत गर्नु भएको छ ।उक्त कार्यक्रम तादी गाउँपालिका अध्यक्ष सन्तामान तामाङको अध्यक्षतामा विशेष कार्यक्रम सहित सम्पन्न भएको थियो ।