काठमाडौ /तारकेश्वर लोकतान्त्रिकचोक मनमैजुमा सुबिधा सम्पन्न अस्पताल पुर्व राष्ट्रपति डा.रामवरण यादवद्रारा उदघाटन गरेका छन ।  पूर्वराष्ट्रपति डा.रामवरण यादवले उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताएका थिए। काठमाडौँको उतरीभेग  अन्तरगत तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा शुभम इन्टरनेशनल  निजी अस्पतालको शुभारम्भ गर्दै उनले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने कुरा बताएका छन ।पूर्वराष्ट्रपति डा.यादवले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताए। ‘२०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन् तर स्वास्थ्य उपचारमा भने अहिलेपनि सन्तुष्ट हुने ठाउँ अहिले सम्म नभएको कुरा बताएका छन  । प्रमुख अतिथी पुर्वरास्ट्रपतिले  स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन । उहाँले अस्पताललाई व्यवसायीक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए छन ।नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पुर्‍याउन नसकिएको बताए। उनले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए। हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
शुभम इन्टरनेशनल अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा इटाको रुपमा काम गर्नेछ साथै सर्वसाधारणलाई समेत उपचारमा सहज पुर्याउने उदेश्य अस्पताल रहेको कुरा अस्पतालका अध्यक्ष डा. केदार नरसिंह के.सी.ले बताएका छन ।

LEAVE A REPLY