नुवाकोट /नुवाकोट जिल्लाको पहिचान बन्न सफल धार्मिक तिर्थस्थल पशुपतिनाथको पर्याय को रुपमा परिचित दुप्चेश्वर महादेवको मन्दिर अहिले बिगतको भन्दा धेरै नै बिकास भएको पाइन्छ । दुप्चेस्वर क्षेत्र विकास कोषको नयाँ कार्य समितीले बैशाख १ गते देखि दैनिक भेटी सार्वजनिक गर्दै आइरहेकोछ।भक्तजनको सुबिधा को लागि खानेपानीको धारा निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ।लाइन बस्दा अप्ठेरो नहोस भनेर भक्तजन लाई मन्दिर जाने पटि र फर्कने ठाउमा सौचालय निर्माण कार्य भैरहेकोछ।हिजो भन्दा सरसफाइ कार्यलाइ तीव्रता दिएको छ।मन्दिर वरिपरिको रुखहरुमा रङ्ग गाउने कार्य सम्पन्न भएको छ।सिढिको रेलिङमा रङ रोगन
कार्य सम्पन्न भएकोछ।मेटलबाट ठूलो अक्षरमा दुप्चेस्वर महादेव अक्षर लेखिएको छ।बत्तिले सजिसजावट पारिएको छ।अब हबन कुण्ड,निर्माण कार्य अघि बढाउदै,धुप बत्ती बाल्ने निश्चित ठाउँ तयारी गरिदै छ।साउन १ गते देखि दुउप्चेश्वर /गंगा आरतिको तयारी गरिदै छ।सिढी बाटो सरसफाइको लागि सिढिमा धाराभरी पानीको धारा उपलब्ध गराएको छ।पुजारी को माग बमोजिम महादेव को काखैमा धारा लान सफल भएको छ।पुजारीको लागि उचित सेवा सुबिधा प्रदान गरिदैछ।संघीय सरकारबाट बिनियोजित रकमको कार्य तिब्र गतिमा अघि बढिरहेको छ।मन्दिर परिसरमा सार्बजनिक जग्गा एकिन गर्न जिल्ला नापी कार्यलयबाट प्राबिधिक झिकाइ सार्बजनिक जग्गा एकिन गरि ३५ दिने सूचना जारी भैसकेको छ।नेपाल सरकारको
सास्कृति,पर्यटन मन्त्रीले दुप्चेश्वर मन्दिर बिकास प्रबर्द्धन तथा गणेश पंडित स्मृति पार्क निर्माण शिर्षकमा एक करोड पुन बिनियोजन गरिएको छ। नुवाकोटको धार्मिकस्थलहरु मध्य अहिले तिब्र गतिमा दुप्चेश्वर मन्दिरको बिकास भएको देखिन्छ ।