खरानीटार / नुवाकोट जिल्ला अन्तरगतको तादी गाउँपालिका स्तरीय उपाध्यक्ष कप भलिबल खेल सम्पन्न भएको छ । तादी गाउँपालिकाको आयोजनामा यस प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता बागमती प्रदेश सभा सदस्य माननिय राधिका तामाङज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । अन्य विशिष्ट अतिथिहरुमा नुवाकोट जि.स.स प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी ,विशेष अतिथि तादी
गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यू तथा तादी गाँउपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ ज्यूको अध्यक्षतामा खेल आयोजना भएको हो । अरु अथितिहरुमा तादी गा.पा.को प्र.प्र.अ .नन्द लाल शर्मा ज्यू,तादी गाउँपालिका वडा अध्यक्ष ज्यूहरु,कार्यपालिका सदस्य ज्यूहरु,वडा सदस्य ज्यूहरु,तादी गाउँपालिकको विभिन्न शाखाका कर्मचारी ज्यूहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिबज्यूहरु,विभिन्न पार्टीका प्रतिनिधि ज्यूहरु,विद्यालय प्रधानाध्यापक ज्यूहरु,शिक्षक शिक्षिका ज्यूहरु साथै नागरिक समाज तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा तादी गाउँपालिका विद्यालय स्तरिय महिला भलिबल खेल अमरज्योति मा.बि.मा भएको थियो । उक्त खेल प्रतियोगितामा सहभागि ६ विद्यालयको भलिबल खेलाडी छात्राहरु सहभागीता भएका थिए । सहभागी विद्यालयहरु मध्ये प्रथम स्थान हासिल गर्ने सुन्दारा मा.वि ,सातविसे,द्धितिय स्थान हासिल गर्ने सुन्दरादेवी मा.वि र तृतिय स्थान हासिल गर्ने सुन्दरा मा.वि भएका थिए । तादी गा.पा.१ उर्लेनिका का खेलाडी छात्राहरुलाई नगद पुरस्कार सहित ,ट्रफी वितरण भई ,विभिन्न विद्यामा उत्कृष्ट भलिबल खेलाडिहरुलाई मेडल,अतिथिहरू तथा प्रशिक्षकज्यूहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति माननीय प्रदेश सदस्य तथा पुर्ब मन्त्री राधिका तामाङले खेलकुदले विद्यार्थीहरुमा अनुशासन र शिक्षा शिक्षणमा सहयोग पुर्याउने कुरामा जोड दिनु भएको थियो ।