खरानीटार / तादी गाउँपालिकाको १५ औं गाउँ सभा बठैक २०८१ साल असार १० गते तादी    गाउँपालिकाको हलमा सम्पन्न भएको छ । तादी  गाउँपालिकाको आगामि आ .व. २०८१।०८२ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष  सन्तमान तामाङ ज्यू को सभाध्यक्षतामा भएको थियो । तादी गाउँपालिका अध्यक्ष सन्तमान तमाङ गाउँपालिकाको उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ गाउँपालिकाको कार्यकारी प्रमुख  वडा अध्यक्ष ज्युहरु स्थानीय प्रहरी इन्चार्ज विभिन्न संघसस्थाको  प्रतिनिधि पत्रकार स्थानीय नागरिकहरुको उपस्थितमा  १५औं गाउँ सभा बैठक सम्पन्न  भएको थियो । तादी गाउँपालिकाले  बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरि  जम्मा बजेट रकम रु ४६,६४,४९,०००। ००( अक्षेरुपी छयालिस करोड चौसट्टी लाख उन्नपचास हजार मात्र । ) को बजेट विनियोजन गरि आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१,आ.व. २०८१।०८२ को बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित गर्यो ।तादी गाउँपालिका उपाध्यक्ष  सन्जु प्याकुरेल ज्यूबाट आ.व. २०८१।०८२ को लागि बजेट तथा कार्यक्रम पेश गर्नु भएको थियो । तादी गाउँपालिकाले आगामी दिनमा पहिलाको बर्षको भन्दा अझ राम्रो काम गर्ने उदेश्यको साथ निति तथा कार्यक्रम सहित बजेट ल्याउन प्रयास गरेको देखिन्छ ।

LEAVE A REPLY