नुवाकोटको गोरु जुदाउने परम्परागत संस्कृति पर्वलाई राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा परम्परादेखि मनाइँदै आएको गोरु जुदाउने संस्कृति पर्वलाई राष्ट्रिय दिवसको रूपमा मान्यता दिई मनाउनुपर्ने बताएका छन्। उनले यो पर्व केवल मनोरञ्जनमा सीमित नभई नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र सामुदायिक पहिचानसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे।
भण्डारीका अनुसार गोरु जुदाउने परम्परा कृषिप्रधान समाजको जीवनशैली, परिश्रम र सहअस्तित्वको प्रतीक हो। “यो पर्वले स्थानीय संस्कृतिको संरक्षण, पुस्तान्तरण र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ,” उनले भने।
उनले राज्यले यस्ता मौलिक संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममार्फत पहल गर्नुपर्नेमा जोड दिँदै, राष्ट्रिय दिवसको मान्यताले पर्वको गरिमा बढ्नुका साथै स्थानीय अर्थतन्त्र र सांस्कृतिक पर्यटनमा सकारात्मक प्रभाव पर्ने बताए।
स्थानीय बासिन्दाहरूले पनि गोरु जुदाउने पर्वलाई व्यवस्थित र मर्यादित रूपमा मनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्

LEAVE A REPLY