नुवाकोटको खेलकुदमा वडा–पालिका नेतृत्वदेखि मुख्यमन्त्री कपसम्म राजनीतिकरण हाबी
नुवाकोट । नुवाकोट जिल्लाको खेलकुद क्षेत्रमा वडा, गाउँपालिका तथा नगरपालिका अध्यक्ष–उपाध्यक्ष, मेयर–उपमेयरदेखि मुख्यमन्त्री कपसम्म राजनीतिकरण हाबी भएको देखिएको छ। खेलकुदको नाममा आयोजना गरिने कार्यक्रम, प्रतियोगिता र बजेट व्यवस्थापनमा राजनीतिक पहुँच र स्वार्थ हावी हुँदा वास्तविक खेलाडी र खेलकुदकर्मीहरू उपेक्षित हुन थालेका छन्।
स्थानीय तहका विभिन्न खेलकुद गतिविधिमा खेल प्रतिभा, योग्यता र निरन्तरताभन्दा पनि राजनीतिक निकटतालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको खेलकुद क्षेत्रका सरोकारवालाहरूको गुनासो छ। यसले खेलाडी चयन, पुरस्कार वितरण र अवसर प्रदान गर्ने प्रक्रियामा असमानता सिर्जना गरेको उनीहरूको भनाइ छ।
मुख्यमन्त्री कपजस्ता ठूला प्रतियोगितासमेत राजनीतिक प्रदर्शन र प्रचारको माध्यम बन्न थालेको भन्दै आलोचना भइरहेको छ। खेलकुदको उद्देश्य युवा प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमता विकास र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु भए पनि व्यवहारमा त्यो लक्ष्य कमजोर बन्दै गएको देखिन्छ।
खेलकुदकर्मीहरूका अनुसार खेलकुदलाई राजनीतिबाट टाढा राखी स्वतन्त्र, पारदर्शी र मेरिटमा आधारित प्रणाली लागू गर्न सके मात्र नुवाकोटको खेलकुद क्षेत्रले अपेक्षित गति लिन सक्छ। स्थानीय तहदेखि प्रदेश तहसम्म स्पष्ट नीति, दीर्घकालीन योजना र पेशागत व्यवस्थापन आवश्यक रहेको उनीहरूको निष्कर्ष

LEAVE A REPLY