काठमाडौं । आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै ( पुस २७ ) सम्पन्न भएको छ । लोकार्पण धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको आयोजकले जानकारी दिए ।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनको तर्फबाट तथा चर्चित आख्यानकार घनश्याम खड्काले गर्नुभएको थियो । स्थापित बालसाहित्यकार तथा रामदेव पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा. नवराज लम्साल रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा , भुइँमान्छेको मुद्दा र मान्छेभित्रको संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाउनुभएको थियो । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित भएको कायरा उपन्यास लेखेको लेखिकाको भनाइ रहेको थियो ।कार्यक्रममा साझा प्रकाशनकी सदस्य तथा साहित्यकार जयन्ता पोखरेल, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. भारद्वाज मित्रले पनि कृतिकाे समिक्षात्मक परिचर्चा र कृतिकारकाे प्रसंशा गर्नुभएको थियाे ।
कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त उपस्तिथि पनि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।











