तादीका जनता बजेट पर्खाइमा, जनप्रतिनिधिको कामको मूल्यांकन हुने बेला

नुवाकोट । तादी गाउँपालिकाले चालु कार्यकालको चौथोपटक बजेट सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा स्थानीय नागरिकहरू आगामी नीति तथा कार्यक्रमप्रति उत्सुक देखिएका छन्। आगामी बजेटले विकासको गति कति समेट्छ र विगतका प्रतिबद्धताहरू कत्तिको कार्यान्वयन भए भन्ने मूल्यांकन गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ।
गाउँपालिकाले अघिल्ला बजेटमार्फत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको थियो। तर ती योजनाहरूको प्रभावकारिता, कार्यान्वयनको अवस्था तथा नागरिकको प्रत्यक्ष लाभ कत्तिको पुगेको छ भन्ने विषयमा आम चासो बढ्दो छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले गरेका काम, उनीहरूको प्रतिबद्धता र कार्यशैलीबारे अब नागरिकले स्पष्ट मूल्यांकन गर्ने समय आएको स्थानीयको भनाइ छ। विकास निर्माणका काममा पारदर्शिता, उत्तरदायित्व र दीर्घकालीन सोचको अपेक्षा समेत बढ्दै गएको छ।
आगामी बजेटले तादी गाउँपालिकाको समग्र विकासको दिशा तय गर्ने भएकाले नागरिकको आशा र अपेक्षा पनि उच्च रहेको छ। यसपटकको बजेटले विगतका कमजोरी सच्याउँदै जनमुखी कार्यक्रम ल्याउने विश्वास गरिएको छ।

LEAVE A REPLY