पञ्‍चकन्या गाउँपालिकामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा ‘घ्याङस्वारा अर्गानिक चिया’ सार्वजनिक
पञ्‍चकन्या, वैशाख १० — पञ्‍चकन्या गाउँपालिकामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा गाउँपालिकाको आफ्नै उत्पादन ‘घ्याङस्वारा अर्गानिक चिया’ सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बिमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका तथा गाउँसभासदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, वडा तथा मातहत कार्यालयका कर्मचारीहरू, राजनीतिक दल तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरू, सुरक्षाकर्मी तथा स्थानीय गाउँबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नयाँ वर्ष २०८३ ले समृद्धि, सुशासन र विकासको नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै आपसी सहकार्य र एकताको आवश्यकता औँल्याएका थिए। साथै, गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्गानिक चिया’ स्थानीय उत्पादन प्रवर्द्धन तथा आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम भएको धारणा राखिएको थियो।
उक्त चियालाई स्थानीय स्तरमै उत्पादन र प्रशोधन गरिएको जनाउँदै यसले गाउँपालिकाको पहिचान स्थापित गर्नुका साथै किसानहरूको आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

LEAVE A REPLY