खरानीटार नुवाकोट / तादी गाउँपालिकाले खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङ विशेष अतिथिहरु उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ , प्र.प्र.अ. ध्रुब खनाल, वडा अध्यक्षहरु ,जनस्वास्थ्य कार्यालय,नुवाकोटकका खोप अधिकृत अमृत महर्जन , खरानीटार अस्पतालका मे.सु डा .एरीका कार्की ,ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जयन्ती थापा, स्वास्थ्य संयोजक बासुदेव श्रेष्ठ ,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु ,तादी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका
स्वास्थ्यकर्मिहरु,गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागितामा स्वास्थ्यकर्मि तथा स्वयंमसेविकाहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै सम्मान समेत भई ,विगत लामो समय देखि स्वास्थ्य स्वयंमसेविका रहि निवृत्त हुनु भएका स्वयंम सेविकाहरुलाई अक्षरुपी नगद रु ५००००(अक्षरुपी पचास हजार मात्र) र कदर पत्र समेत प्रदान गरेका थिए ।