नुवाकोट जिल्लाको तादी गाउँपालिका–४ अन्तर्गत पर्ने सातबिसे–बाघमारा सडक खण्ड अन्तरगत  डुक्रने स्कुलसम्म कालोपत्रे कार्य सम्पन्न भएको छ। स्थानीय सरकार र बासिन्दाको संयुक्त प्रयासमा सम्पन्न यो विकास कार्यले गाउँमा यातायातको सहजता ल्याउने विश्वास गरिएको छ। करीब ३ किलोमिटर लम्बाइको उक्त सडक कालोपत्रे गर्न प्रदेश सरकारको सहयोगमा तादी गाउँपालिकाले बजेट विनियोजन गरेको थियो। सडक निर्माणपछि स्थानीय बासिन्दा, विद्यार्थी, कृषक तथा बिरामीहरूलाइ दैनिक यात्रा गर्न निकै सजिलो भएको छ। तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ ले भने, “सडक कालोपत्रे भएपछि यहाँका जनतालाई सास्तीबाट मुक्ति मिलेको छ। यसले आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ।”उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले यो बाटो बनाउन पालिका सुरुदेखिनै लागि परेको कुरा बताउनुभएको छ ।

स्थानीय बासिन्दा इन्द्र पाठकले भने, “पहिले वर्षामा हिलो र हिउँदमा धुलोले हिँड्नै मुस्किल हुन्थ्यो। अब भने बाइक, अटो र एम्बुलेन्ससम्म सजिलै आउन थालेका छन्।” सडक निर्माणमा स्थानीय जनताको  समेत योगदान रहेको थियो भने निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरिएको गाउँपालिकाले जनाएको छ। अब बाघमारा र वरपरका बस्तीहरू जिल्लाको मुख्य सडक सञ्जालसँग जोडिनेछन् ।

 

LEAVE A REPLY