शेराबगर शिवपुरी नुवाकोट / अपांग मानवअधिकार मञ्चले शिवपुरी गाउँपालिकाका अपांग भएका ब्यक्तिहरुलाई बाख्रा लगायत अन्य सामाग्रीहरु बितरण गरेको छ । कार्यक्रमको आयाेजना शिवपुरी गाउँपालिकाकाे आर्थिक सहयाेगमा शिवपुरी गाउपालिकाको कार्यलय परिसरमा अपाङ्गता भएकाे ब्याक्तिहरु २०( बिस) जनालाई बाख्रा , ३ (तीन) जनालाई उपचार खर्च ,३ (तिन )जनालाई सहायक सामाग्री ,१ (एक) जनालाई शैक्षिक सामाग्री बितरण गदै शिवपुरी गाउँपालिकाको कार्यलय परिसरमा होडिङबाेर्ड राख्ने कार्य समेत भएको थियो । उक कार्यक्रमको अध्यक्षता सस्थाको अध्यक्ष ओम बहादुर घिमिरेले गर्नु भएको थियो । यस महत्त्वपूर्ण कार्यक्रमको प्रमुख अथिती रुपमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलियाले गर्नु भएको थियो । पालिका अध्यक्षले यो कार्यक्रम शिवपुरीका असक्त भएका नागरिकका लागि अथिनै उपयुक्त भएको बताउनु भएको थियो । कार्यक्रममा
अतिथीको रुपमा महिला बाबबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा खतिवडा ,अतिथमा नै गैरसरकारी संस्था महासघ नुवाकोटका अध्यक्ष लाेचन भट्टराई उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन केशब प्रसाद पुडासैनीले गर्नुभएको थियो ।

 

LEAVE A REPLY