नुवाकोट जिल्लामा हाल १२ वटा स्थानीय तह रहेकोमा जसमा दुई वटा नगरपालिका र १० बटा गाउँपालिका रहेको छ । हाल संघीय बजेट यहि जेष्ठ १५ गते प्रतिनिधि सभाबाट प्रस्तुत भएको छ । बागमती प्रदेश सरकारको र स्थानीय तहको बजेट आउन बाँकी नै छ । यति खेर नुवाकोटमा दलका नेताहरुको फोटो राख्दै यति उति बजेट हाल्नु भयो भन्दै फेसबुकमा प्रचार प्रचार गरिरहेका छ्न । आज युवाहरूको बारेमा सोच्नुपर्ने समयमा नेताहरूले आफ्नो प्रचारमा सचेत युवाहरुलाई लगाइरहेका छ्न । बेरोजगारी समस्याले ग्रस्त युवा पुस्ता आज दिनदिनै जिल्ला हुदै देश नै छोडनु पर्ने अबस्था सिर्जना भएको छ । हाम्रो युवाहरुले बिदेशी भुमिमा दुख नगरी खान नपाउने स्थितिमा नुवाकोटे युवा आइपुगेका छ्न । दलका नेताहरुको पछि पछि हिड्ने युवाहरुले पनि नेताहरुको प्रचारप्रसारमा भन्दा पनि आम नुवाकोटका युवाहरूको बारेमा सोच्नुपर्ने बेला आएको छ । नुवाकोट जिल्लाको सवालमा झन्डै बर्षमा १५ / २० अर्व पैसा गएको छ त्यो पैसाको काम कति भयो भन्ने कुरा अब युवाहरुले खोज्नुपर्ने हुन्छ । राज्यबाट आएको रकम आज कतिको काम भयो भन्ने कुरा हामीले हाम्रो नुवाकोटका नेताहरुलाई सोधी खोजि नगर्दा उनीहरुले आफ्नो खुशि अनुसार अन्धाधुन्ध योजना बनाएर रकम सिध्याउने काम गरिरहेका छ्न । आफ्नो पैत्रिक सम्पत्ति नै ल्याएको झै तामझामका साथ आफ्ना कार्यकताहरुलाई प्रचारप्रसार गर्न लगाइरहेका छ्न । राजधानीबाट नजिकको जिल्ला सबै सम्भावना भएको नुवाकोटको हाल कि यस्तो भयो भन्ने सवालमा हामी सचेत भन्दा पनि दलहरुको कार्यकर्ता रुपमा प्रस्तुत हुदा नेताहरुलाई सजिलो भएको छ । प्रत्येक युवाहरुले आ आफ्नो ठाउँबाट खबरदारी गर्ने हो भने बाध्य भएर नुवाकोटको बिकासमा अहिलेका संघीय प्रदेश र स्थानीय नेताहरु लाग्न बाध्य हुनेछ्न । नुवाकोटको बिकासमा पहिलो कुरा सार्बजनिक शिक्षा , स्वास्थ्य ,जिल्लाको प्रशासन स्थानीय प्रशासन जस्ता कुरामा युवाहरूले आवाज उठाउनुपर्छ । स्थानीय तहका मेयर उपमेयर अध्यक्ष उपाध्यक्षहरु आफ्नो गाउँ ठाउको बिकासमा तल्लीन भएर लाग्नुपर्छ बिकासका नाममा खाली हल्ला र खल्ला बढी भयो । यति धेरै बजेट राज्यले नुवाकोटलाई दिदा पनि कि नुवाकोटको बिकासमा सुधार आउन सकेन । त्यसैले नुवाकोटका युवा शक्तिलाई आज एकजुट बनाएर बिकासका लागि खबरदारी समुह बनाउनुपर्ने देखिन्छ ।