सुर्यगढी नुवाकोट /नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका अबस्थित पुरानो विद्यालय बागेश्वरी माध्यमिक विद्यालय चोकदेले आफ्नो ७५ औं दिवसमा हीरक जयन्ती समारोह भब्यरुपमा सप्पन्न गरेको छ । नुवाकोट जिल्लाको शैक्षिक इतिहास बोकेको यो विद्यालय नुवाकोटका पुराना विद्यालयका रुपमा लिन सकिन्छ । बागेश्वरी माध्यमिक विद्यालय चोकदेको हीरक जयन्तीको अबसरमा पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष क. पुष्प कमल दाहाल (प्रचण्ड ) प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रम स्थल पुग्नुभन्दा अगाडी नुवाकोट पत्रकार सँंग भेटघाट गर्दै २०७२ सालको भुकम्प पछि पुनर्निर्माण हुदै गरेको नुवाकोट दरवारको पनि पुर्व प्रधानमन्त्री तथा अध्यक्ष क. प्रचण्डले अबलोकन गर्नुभएको थियो । हीरक जयन्ती समारोहका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्का अध्यक्ष क .प्रचण्डले अहिलेको उपलब्धि गणतन्त्र को हो गणतन्त्रले सिहदरवारमा भएको अधिकारलाई अहिले तपाईहरुको गाउँ घरमा नै आएको कुरा बताउनु भएको थियो । स्थानीय सरकारको स्थापना भए यता गाउँ गाउँ बिकासका लहर आएको छ । हिजो जनताले भोगेका समस्याहरु शिक्षा, स्वास्थ्य , यातायात जस्ता कुराहरुको बारेमा आज स्थानीय सरकारले आफ्नो चासोको बिषयमा हेरिरहेका छ्न । कच्ची रोडहरु आज कालोपत्रे हुदै छ काठमाडौ नुवाकोट जोडिएका सडकहरु टोखाछहरे,पहाडी लोकमार्ग जस्ता रोडहरुबनिसकेका छन । नुवाकोटका जनताले उत्पादन गरेको हरेक सामाग्रीहरु आज सहज रुपमा काठमाडौको बजारमा बेच्ने र आमदानी गरिरहेका छन भन्ने कुरा बताउनु भएको थियो । अहिले सामुदायिक शिक्षा सुधारको खाँचो रहेको र शिक्षालाई गुणस्तरीय बनाउन हामी सबै लाग्नुपर्ने कुरा मा जोड दिनुभएको थियो । नुवाकोटको आर्थिकसामाजिक क्षेत्रमा अझ धेरैनै काम गर्नुपर्ने छ त्यसकारण अहिले गणतन्त्रले दिएको उपलब्धिलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने कुरा बताउनु भएको थियो । बागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा पालिका अध्यक्षहरु उपाध्यक्षहरु प्रदेश सांसद , संघीय सांसद लगायत विभिन्न राजनीति दलाका नेताहरु सुरक्षा निकाय विद्यार्थी शिक्षक लगायत हजारौंको सख्यामा नागरिकहरू पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY