खरानीटार / नुवाकोट जिल्लाको तादी गाउँपालिकामा बादरले खेतीपातीमा क्षति पुर्याउदै आएको जनगुनासो स्थानीयले गाउँपालिका गरेपछि गाउँपालिकाले बादर धपाउने यन्त्र गाउँबासीहरुलाई बितरण गरेको छ । तादी गाउँपालिका लगायत आसपासका पालिकामा अहिले बादरले किसानको खेतीपातीमा ठुलो नोक्सानी गर्दै आएको छ । पटक पटक स्थानीय बासिन्दाले बादर समस्याका बारेमा सरोकारवालाहरुसँग कुरा गर्दै आएका थिए । पछिल्लोपटक यस बिषयलाई गाउँपालिकाले गम्भीरताका साथ लिएको कुरा तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले तादी मिडियालाई बताउनु भएको छ । गाउँबासी किसानको समस्यालाई केहि मात्रामा भए पनि कम गर्ने गाउँपालिका लागि परिरहेको छ अब केहि दिनमा यो बादर धपाउने यन्त्रको काम हेरेर थप अन्य उपायहरु अपनाउने कुरा पनि उपाध्यक्षले बताउनु भएको छ । किसानको बालीमा बादरले प्रत्येक बर्ष दुख दिदै आएको छ । किसानको बालीमा बादर पसेर सबै बालीनाली नोक्सान गरिरहेको यो अबस्थामा पालिकाले अहिले चासो देखाएको छ । बादर धपाउने यन्त्र बितरणमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ पालिका कार्यकारी अधिकृत सरोकारवाला कर्मचारी लयायत स्थानीयबासी उपस्थिति रहेको थियो ।