खरानीटार / नुवाकोट -नेकपा माओवादी केन्द्र तादी गाउँपालिका समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । हालै सम्पन्न भएको सम्मेलनले रोशन श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गराएको छ । उक्त सम्मेलनले ४५ सदस्यीय समिति र ७ सदस्यीय पदाधिकारी निर्विरोध चयन गरेको छ।सम्मेलनको उदघाटन र खबरदारी सभा गत पौष १५ गते पार्टी उपाध्यक्ष तथा बागमती प्रदेश समितिको इञ्चार्ज कमरेड अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बन्दशत्रले चयन गरेको पदाधिकारीहरु निम्न अनुसार रहेका छ्न ।अध्यक्ष : कमरेड रोशन श्रेष्ठ ,उपाध्यक्ष :कमरेड किशोर तिमल्सिना,उपाध्यक्ष : कमरेड सुरज थापा ,उपाध्यक्ष :कमरेड सुरजतामाङ ,सचिव :कमरेड अमन घलान तामाङ ,सहसचिव : कमरेड चेपे तामाङ (मालसानी),कोषाध्यक्ष : कमरेड बिबिलाल तामाङ रहनु भएको छ।


नुवाकोट नेकपा माओवादी केन्द्र तादी कमिटी पदाधिकारी एवम् सदस्यहरु सबैलाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको शुभकामना सहित प्रमाणपत्र बितरण , सपथगण समेत भएको थियो । आगामी दिनमा नेकपा माओवादी केन्द्र तादीको पाटी कमिटी र पाटीले खेल्नुपर्ने भुमिका अब महत्त्वपूर्ण हुने कुरा नब निर्वाचित अध्यक्ष रोशन श्रेष्ठले प्रतिबद्धता जनाउनु भएको छ ।

LEAVE A REPLY