खरानीटार तादी नुवाकोट / तादी गाउँपालिकाको आयोजनामा “आधारभुत तह उमेर समुहका सम्पूर्ण वालबालिकाहरुलाई  विद्यालय भर्ना र सम्मान,अनिवार्य निःशुल्क शिक्षा घोषणा तादी गाउँपालिकाको अभियान “भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न  भएको छ । उक्त कार्यक्रम गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता भएको थियो । कार्यक्रममा बागमति प्रदेश सभा सदस्य माननिय श्री राधिका तामाङज्यूको प्रमुख आथित्यता थियो भने अन्य बिशेष अथितिहरुमा  बागमति प्रदेश शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक श्री दिपेन्द्र सुवेदी ज्यु , तादी गाउँपालिकाको नि. वर्तमान अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू,तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यू,निमा शेर्पाज्यू,अथितिहरु तादी गाउँपालिकाको प्र.प्र.अ श्री नन्द लाल शर्मा ज्यू,वडा अध्यक्षज्यूहरु,शिक्षा अधिकृत रामचन्द्र कार्की ज्यू,कार्यपालिका सदस्यज्यूहरु,तादी गाउँपालिका विभिन्न विद्यालयका प्रधानाध्यापक ज्यूहरु,विद्यालय ब्यवस्थापन समितिका  अध्यक्षज्यूहरु,विभिन्न पार्टि का प्रतिनिधि ज्यूहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु,तादी गाउँपालिकाका कर्मचारीज्यूहरु तथा स्थानिय अग्रज नागरिक समाज साथै तादीबासी आमाबुवा दाजुभाई दिदिबहिनीहरु र विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनिहरुको उपस्थितिमा अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सु–सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिती माननीय प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राधिका तामाङले शिक्षामा सरकारले ठुलो लगानी गरेको छ तर शिक्षामा गुणस्तर ल्याउन अझै धेरै पहल गर्नुपर्न बताउनु भएको छ । शिक्षामा संघीय सरकार , प्रदेश सरकार  र स्थानीय सरकार तिनै तहले धेरै मेहेनत गर्दैछ अबका दिनमा स्थानीय सरकारले बढी जिम्मेवारी हुनुपर्ने कुरा बताउनु भएको छ ।

LEAVE A REPLY