Ncell Foundationद्वारा सुन्दरादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण

विदुर (नुवाकोट), असार १७। Ncell Foundationले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विदुर नगरपालिका–७ स्थित श्री सुन्दरादेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज, प्रभावकारी तथा गुणस्तरीय बनाउन सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई झोला, कापी, कलम लगायत आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले Ncell Foundationको यस सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरेका थिए।
विद्यालय प्रशासनले विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै सहयोग प्रदान गरेकोमा Ncell Foundationप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने उल्लेख गरेको छ।
Ncell Foundationले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
Home banner news Ncell Foundationद्वारा सुन्दरादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण





