नुवाकोटबाट बामपंथी आन्दोलन जोगाउने अभियान सुरु गर्न रामेश्वर भण्डारीको आह्वान
नुवाकोट। स्वतन्त्र बामपंथी एकता मंचका संयोजक अधिवक्ता रामेश्वर भण्डारीले मुलुकको बामपंथी आन्दोलनलाई जोगाउने जिम्मेवारी अब सम्पूर्ण बामपंथी शक्ति र आम नागरिकको काँधमा आएको बताएका छन्।
उनले बामपंथी आन्दोलनलाई सुदृढ, एकताबद्ध र जनमुखी बनाउन अभियान नुवाकोट जिल्लाबाटै सुरु गर्नुपर्ने आवश्यकता औँल्याए। भण्डारीले विचार र सिद्धान्तमा विश्वास गर्ने सबै बामपंथी शक्ति तथा व्यक्तिलाई साझा उद्देश्यका लागि एकताबद्ध हुन आग्रह गरे।
भण्डारीका अनुसार मुलुकमा बामपंथी आन्दोलनलाई थप सशक्त, संगठित र जनताको हितअनुकूल बनाउन व्यापक एकता र सहकार्य आवश्यक रहेको छ। उनले नुवाकोटबाट सुरु हुने अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै बामपंथी आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने लक्ष्य रहेको बताए।

LEAVE A REPLY