शिवपुरी नुवाकोट । नेपाली काग्रेसका प्रभाव शाली नेता तथा नेपाल सरकारका पूर्वअर्थमन्त्री समेत भएका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने इच्छा जाहेर गरेका छन् ।शनिवार नुवाकोटको शिवपुरीमा नेपाली कांग्रेस शिवपुरी गाउँपालिका समितिको सम्मेलन तथा प्रशिक्षणमा पुर्व
अर्थमन्त्री तथा नेपाली काग्रेस पाटीका प्रवक्ता डा. महतले आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्ने कुरा बताउनु भएको छ । नुवाकोट जिल्लामा आफु बिगतमा चुनाव सहभागिता नहुदा पनि नुवाकोटको बिकासमा ठुलो योगदान पुराएको कुरा बताउनु भएको छ । आफु नेपाल सरकारको अर्थमन्त्री हुँदा नुवाकोटका बाटो लगायत बिकासका काममा बजेट हाल्ने काम गरेको र अहिले काम हुदै गरेको कुरा समेत व्यक्त गरेका छन । विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै प्रत्यक्ष उम्मेदवार बन्ने बताएका हुन् ।
गत निर्वाचनमा डा. महत समानुपातिकबाट सांसद बनेका थिए । आगामी निर्वाचनमा नुवाकोटबाट नै मेरो उम्मेद्बारी हुने कुरा बताउनु भएको छ ।
नुवाकोटबाटै प्रत्यक्ष उमेदवार बन्ने डा. प्रकाश शरण महतको उदघोष
0
तत्कालको समाचार
गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...
नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...
नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...
छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...
नुवाकोट, /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...




