Page 2

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशीलाई नियुक्त

0


असार १७ काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त हुनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेकाे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिनुभएको छ। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्याहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताउनु भयो ।

पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तत्कालको समाचार

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय...

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट तादी–१२, नुवाकोट, २०८२ पुष १२ । तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति...

नुवाकोटमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक...

नागिनी थान कप अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ४ देखि सुरु...

नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७...