बेलकोटगढी नुवाकोट / बेलकोटगढी नगरपालिकाले समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम २०८० अन्तरगत अपाङग तथा असहायहरुको लागि बाख्रा बितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकाका उपमेयर तथा कार्यक्रमका संयोजक शिब दाहालको उपस्थित रहेको थियो । कार्यक्रममा बेलकोटगढी अपाङग तथा असहाय सेवा केन्द्रका अध्यक्ष गणेश पोख्रेल , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत नगरपालिकाका नागरिक र अपाङगता भएका ब्यक्तिहरुको उपस्थित रहेको थियो । असहाय र अपाङगता भएका नागरिकका जिवन अनि जिबिकाका लागि यो कार्यक्रम रहेका कुरा कार्यक्रमका संयोजक तथा नगरपालिका उपमेयर शिब दाहालले बताउनु भएका छ्न । यस कार्यक्रममा नगरपालिको १३ वटै वडाहरुको असहाय अपाङगहरुको बिचमा भएको थियो । सो कार्यक्रममा प्रदेश सरकारको अनुदान तीन लाखमा असहाय र अपाङगहरुको आयआर्जनको लागि सहयोगको रुपमा यो कार्यक्रम भएको थियो । बाख्रा बितरणमा प्रदेश सरकारको अनुदान रहेको थियो र रहिरहन पर्छ भन्ने कुरा उपस्थिति भएका अथितिहरुले बताएका थिए । उक्त कार्यक्रममा २८ वटा बाख्रा बितरण गरेको कुरा बेलकोटगढी नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY