
काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको बताउनुभयो ।
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलाल, नोकरशाही, पुँजीपति र विचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरुले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने बताउनुभयो ।
स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरुको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने बताउनुभयो । आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरुलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको
अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रुपमा स्थापित गरेको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाउनुभयो । किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।
आफूले राजनीतिको सुरूवात किसान संघबाटै गरेको स्मरण गराउँदै उहाँले यो संगठनलाई किसानको घर र खेतबारीसम्म पुर्याउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले फागुन १२ गते देखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखामा हुने मध्य पहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिनुभयो ।
बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठलेसंक्षिप्त प्रतिवेदन पेस भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो ।
समाजवाद निर्माणको मुख्य आधार कृषिः अध्यक्ष क.प्रचण्ड
0
तादी गाउँपालिकाको आयोजनामा २८६१ औं सोनाम ल्होछार भब्यरुपमा सम्पन्न
खरानीटार तादी नुवाकोट / २८६१ औं सोनाम ल्होछार सर्प बर्ष(ब्रुल ल्हो) को शुभ–उपलक्ष्यमा तादी गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रि माननीय बहादुर सिंह लामाज्यूको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम
ल्होछारको पावन अबसरमा तादीबासी, नुवाकोट बासी लगायत देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु बागमती प्रदेश सभा सदस्य माननिय रमेश कुमार महत पुर्ब मन्त्री तथा बागमती प्रदेश सभा सदस्य
माननीय राधिका तामाङ ,ने.क.पा. एमाले जिल्ला अध्यक्ष बद्री मैनाली,बागमित प्रदेश मुख्य मन्त्रिका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह,लिखु गा.पा अध्यक्ष धुब्र श्रेष्ठ ,सुर्यगढी गा.पा अध्यक्ष सन्त बहादुर घले,तादी गाउँपालिका नि.बर्तमान अध्यक्ष नारायण प्रसाद पाण्डे,दुप्चेश्वर गा.पा नि.बर्तमान अध्यक्ष योविन्द्र सिंह तामाङ,विशिष्ट अतिथि लामा गुरु खेन्पो रिन्पोचे,शुर्यगढी गा.पा उपाध्यक्ष मन्जु बुढाथोकि,शिवपुरी गा.पा उपाध्यक्ष बिर बहादुर तामाङ,पन्चकन्या गा.पा उपाध्यक्ष विमला के.सी,तादी गा.पा उपाध्यक्ष सन्जु प्याकुरेल, प्र.प्र.अ ध्रुब खनाल,नेपाली काङ्ग्रेस महासमिति सदस्य गणेश ब. तामाङ ,तादी गाउँपालिका सम्पुर्ण वडा
अध्यक्ष,कार्यपालिका सदस्यहरु,अतिथि कलाकारहरु मिना लामा,योगेश लामा,वडा सदस्यज्यहरु,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,संघसंस्थाका प्रतिनिधिहरु,विभिन्न पेशा व्यवसायमा आवद्ध हुनुभएको अग्रज नागरिक समाज लगायत कर्मचारीहरु,सोनाम ल्होछारको पवन अवसरमा सहभागि हुनु भएका तादी गाउँपालिकाको आमाबुवा,दाजुभाई दिदिबहिनीहरु तथा विद्यार्थी भाईबहिनीहरुको समेत उल्लेख्य सहभागितामा झाँकी नाच,पञ्चेवाजा,नृत्य तथा राष्ट्रिय
कलाकारहरुबाट प्रस्तुती सहित खरानीटार स्थित अमरज्योति प्राविधिक विद्यालयको खेलमैदानमा विविध कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको सभापतित्वमा भव्यरुपमा सम्पन्न भएको छ ।
तत्कालको समाचार
गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...
नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...
नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...
छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...
नुवाकोट, /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...





