• खरानीटार तादी नुवाकोट / २८६१ औं सोनाम ल्होछार सर्प बर्ष(ब्रुल ल्हो) को शुभ–उपलक्ष्यमा तादी गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रि माननीय बहादुर सिंह लामाज्यूको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होछारको पावन अबसरमा तादीबासी, नुवाकोट बासी लगायत  देश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु बागमती प्रदेश सभा सदस्य माननिय रमेश कुमार महत पुर्ब मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय राधिका तामाङ ,ने.क.पा. एमाले जिल्ला अध्यक्ष बद्री मैनाली,बागमित प्रदेश मुख्य मन्त्रिका प्रमुख राजनितिक सल्लाहकार विनोद शाह,लिखु गा.पा अध्यक्ष धुब्र श्रेष्ठ ,सुर्यगढी गा.पा अध्यक्ष सन्त बहादुर घले,तादी गाउँपालिका नि.बर्तमान अध्यक्ष नारायण प्रसाद पाण्डे,दुप्चेश्वर गा.पा नि.बर्तमान अध्यक्ष योविन्द्र सिंह तामाङ,विशिष्ट अतिथि लामा गुरु खेन्पो रिन्पोचे,शुर्यगढी गा.पा उपाध्यक्ष मन्जु बुढाथोकि,शिवपुरी गा.पा उपाध्यक्ष बिर बहादुर तामाङ,पन्चकन्या गा.पा उपाध्यक्ष विमला के.सी,तादी गा.पा उपाध्यक्ष सन्जु प्याकुरेल, प्र.प्र.अ ध्रुब खनाल,नेपाली काङ्ग्रेस महासमिति सदस्य गणेश ब. तामाङ ,तादी गाउँपालिका सम्पुर्ण वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु,अतिथि कलाकारहरु मिना लामा,योगेश लामा,वडा सदस्यज्यहरु,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,संघसंस्थाका प्रतिनिधिहरु,विभिन्न पेशा व्यवसायमा आवद्ध हुनुभएको अग्रज नागरिक समाज लगायत कर्मचारीहरु,सोनाम ल्होछारको पवन अवसरमा सहभागि हुनु भएका तादी गाउँपालिकाको आमाबुवा,दाजुभाई दिदिबहिनीहरु तथा विद्यार्थी भाईबहिनीहरुको समेत उल्लेख्य सहभागितामा झाँकी नाच,पञ्चेवाजा,नृत्य तथा राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती सहित खरानीटार स्थित अमरज्योति प्राविधिक विद्यालयको खेलमैदानमा विविध कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको सभापतित्वमा भव्यरुपमा सम्पन्न भएको छ ।

LEAVE A REPLY