Page 2

मा.राधिका तामाङ कतार तिज बिशेष कार्यक्रममा सहभागी

0

नुवाकोट सेवा समाज कतारको तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रममा पुर्व राज्यमन्त्री, बाग्मती प्रदेश निवर्तमान उपसभामुख एवं बाग्मती प्रदेश सभा सदस्य माननीय राधिका तामाङको प्रमुख  आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ । यसै गरी नेपाल प्रवासी तामाङ समाज कतार र बागमती प्रदेश समन्वय परिषद कतारको आयोजनामा सम्मान तथा रात्रीभोज सम्पन्न भएको छ । आज सनिवार नेपाली जनप्रगतिशील मञ्च कतार र तामाङ घेदुङ कतारको आयोजनामा हुने विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रवासी नेपालीहरुसंग भेटघाट कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

0

भक्तपुर, साउन २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भन्नुभयो, “म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु। यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउँछु।”

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी युवा महिलाहरूलाई प्रतीकात्मक रूपमा ‘बन्दुकविहीन महिलाहरूको सेना’सँग तुलना गर्दै यस्तो कदमले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाले भन्नुभयो, “हामीले सरकारमा रहदा युवा उद्यमशीलताको विशेष कदम चाल्दै आएका छौं। जनयुद्वमा पनि हामी महिलामाथि हुने विभेदका विरुद्ध विद्रोह गर्यौं र त्यसमा महिलाहरूले उत्साहपूर्ण सहभागिता भयो । अहिले मेकअप वर्कसपमा सहभागी तपाइँहरूको उत्साहले मलाई तपाईहरू बन्दुकविहीन महिला सेनाको रूपमा हेरेको छु । तपाईहरूबाट देश भरका महिला दिदिबहिनिहरूले प्रेरणा लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।”

मेकअप वर्कसपमा देशभरिबाट २,१३१ जना सहभागी भई एकदिने मेकअप तालिम लिनुभएको थियो । कार्यक्रमले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ रेकर्ड समेत राखेको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को प्रमाणपत्र आयोजक लाई हस्तान्तरण गर्नुभयो ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड साखाको अध्यक्षमा बजगाई।

0


पोल्यान्ड क्रको । विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ , आम सञ्चारकर्मीहरूको हक र हितका लागि संगठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ पोल्यान्डको अध्यक्षमा संगम दैनिकका प्रधान सम्पादक केशव प्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन्। पोल्यान्डको राजधानी क्राकोमा अगस्ट १०-२०२५ , नेपाली समयअनुसार २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो। नौ सदस्य कार्यसमितिमा अध्यक्षमा केशव प्रसाद बजगाईं , उपाध्यक्षमा सौगात ढुङ्गाना , सचिव अशोक भुसाल , कोषाध्यक्ष दीपक बजगाई त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी , प्रमिला भुजेल , कमल बिष्ट , रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन् । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै केशवप्रसाद बजगाईंले आफूहरू केन्द्रीय कमिटीको मार्गनिर्देशन अनुसार पत्रकारिताको मर्यादामा आंच नआउने गरी निष्पक्ष र स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने जानकारी गराउनुभयो। साथै उहाँले आफूलाई अन्तर्राष्ट्रिय पत्रकार महासं पोल्यान्डको संस्थापक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएकोमा केन्द्रीय कमिटीलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो। अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने यसले जापानमा पोल्यान्डमा आफ्नो शाखा विस्तार गरिसकेको छ। बाँकी दिनहरूमा यसले विश्वका हरेक देशहरूमा शाखा विस्तार गर्ने योजना बनाएको छ।

नेपालको विकासको मोडेलिङः माओवादी विचारमा आधारित समग्र र दिगो बाटो ; क. राजन गौतम ‘ नकुल ‘

0

नेपाल, एक हिमाली राष्ट, लामो समयदेखि राजनीतिक आन्दोलन, सामाजिक रूपान्तरण र विविध आर्थिक संघर्षहरूका बीचमा संघर्षरत रहँदै आएको छ। दशकौं लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आर्थिक समृद्धि र रोजगारी सृजनाको लक्ष्य अझै अधुरो छ। जनताको बाँच्न पाउने अधिकार, सम्मानजनक जीवनस्तर र स्वदेशमै रोजगारी सृजना गर्ने खाका अझ स्पष्ट हुन सकेको छैन। यस्तो परिप्रेक्ष्यमा, माओवादी आन्दोलनबाट उत्पन्न भएको जनमुखी विकासको विचारधाराले अहिलेको नेपालमा एक नयाँ मोडेल प्रस्तुत गर्न सक्ने सम्भावना बोकेको छ।

माओवादी विचारधारा केवल सशस्त्र संघर्षमा आधारित नभएर एक गहिरो राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोण हो जसले उत्पीडित वर्ग, जात, लिंग र क्षेत्रीय असमानता अन्त्य गर्दै उत्पादनका साधनहरू जनताको स्वामित्वमा ल्याउने लक्ष्य राख्दछ। वर्गीय दृष्टिकोण, उत्पादन प्रणालीको पुनर्संरचना, स्थानीय सत्ता सुदृढीकरण, सहकारी व्यवस्थाको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण माओवादी मोडेलका प्रमुख आधार हुन्।

. वर्गीय दृष्टिकोण विकासको न्यायोचित वितरण

माओवादी विचारले विकासलाई वर्गीय दृष्टिकोणबाट हेर्छ। देशका सीमान्तकृत वर्ग किसान, श्रमिक, दलित, महिला, जनजाति, मधेसी र पिछडिएको समुदायको सहभागिता र सशक्तिकरणबिनाको विकास अपूरो हुन्छ। उत्पादनका साधनहरूको पहुँच यी वर्गसम्म पुर्याएर उत्पादन र वितरणको न्यायोचित ढाँचा निर्माण गर्नुपर्ने आवश्यकता छ। यसले उत्पादनशील जनशक्ति उत्प्रेरित गर्ने र स्वदेशमै रोजगारीको सिर्जना गर्नेछ।

. उत्पादन प्रणालीमा रूपान्तरण

नेपालको परम्परागत उत्पादन प्रणाली श्रमप्रधान, पारिवारिक र सानो आकारको छ। यसले देशको आवश्यकता पूरा गर्न सक्दैन। माओवादी दृष्टिकोण अनुसार, सामूहिक उत्पादन प्रणाली, सहकारी खेती, औद्योगिक जोनको स्थापना, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकासजस्ता नीति अपनाएर उत्पादनलाई व्यावसायिक र आधुनिक बनाउनु पर्दछ। उत्पादनमा श्रमिकको सहभागिता, मुनाफाको न्यायोचित बाँडफाँड, सीप तालिम र प्रविधिको प्रयोगबाट स्वदेशमै रोजगारीको व्यापक अवसर सृजना गर्न सकिन्छ।

. स्थानीय सत्ता रोजगारी सृजना

संघीय संरचनामा स्थानीय सरकारलाई सशक्त र स्रोतसाधनयुक्त बनाउनु अत्यन्तै जरुरी छ। स्थानीय तहमा बजेट, योजना, नीति र जनशक्तिको प्रबन्ध मिलाएर पूर्वाधार निर्माण, कृषि, पर्यटन, साना उद्योग, स्वच्छ ऊर्जा, शिक्षा र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा ठूला मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ। यसले युवालाई स्थानीयस्तरमै अवसर दिन्छ, जसले पलायन न्यूनीकरणमा योगदान पुर्याउँछ।

. पूर्वाधार विकासः समावेशी रोजगारीको आधार

सडक, पुल, खानेपानी, सिँचाइ, विद्यालय, अस्पताल जस्ता पूर्वाधारको निर्माणमा राज्यले प्राथमिकता दिनुपर्छ। यसले निर्माण क्षेत्र, प्रविधि, यातायात, बजार पहुँच लगायत विभिन्न क्षेत्रमा रोजगारी सृजना गर्छ। निर्माणमैत्री योजना, स्थानीय ठेकेदारको संलग्नता र घरेलु सामग्री प्रयोग गरेर आर्थिक गतिविधिमा राष्ट्रिय समावेशिता सुनिश्चित गर्न सकिन्छ। यसरी २-३ लाख स्थायी तथा मौसमी रोजगारी सृजना सम्भव छ।

. कृषि व्यावसायिक खेतीः आत्मनिर्भर रोजगारमूलक आधार

नेपालको झन्डै ६५% जनसंख्या कृषि पेशामा संलग्न छ तर यो क्षेत्र अत्यन्त अव्यवस्थित छ। आधुनिक कृषि उपकरण, उन्नत बीउ, सिँचाइ, भण्डारण, बजारीकरण, तालिम र अनुसन्धानको संयोजनले कृषि क्षेत्रबाट ८-१० लाख स्थायी रोजगारी सिर्जना गर्न सकिन्छ। माओवादीले सुझाएको सामूहिक खेती, सहकारी मोडेल, भूमि पुनःवितरण र भूमिहीन किसानको सशक्तीकरणबाट कृषि उत्पादनमा वृद्धि गरी खाद्य आत्मनिर्भरता हासिल गर्न सकिन्छ।

सामूहिक खेती र सहकारी मोडेलः

नेपालको परम्परागत कृषि प्रणालीमा विखण्डित जमिन र एकल कृषकले गर्दा उत्पादन सीमित र कम प्रभावकारी भएको छ। सामूहिक खेतीले सानो-सानो जमिनहरूलाई मिलाए ठूलो क्षेत्रफलमा खेती गर्ने सम्भावना खोल्छ। यसले आधुनिक मेसिनरी, उन्नत बीउ, सिंचाइ र मलको सहज पहुँच सुनिश्चित गर्दै उत्पादन वृद्धि गर्छ। सहकारी मोडेलमार्फत कृषकहरूबीच स्रोत, तालिम, बजार पहुँच र लगानी साझा गरी उत्पादनलाई व्यावसायिक बनाउने काम हुन्छ। यसले किसानहरूको आर्थिक स्थिति सुधार्ने र कृषि क्षेत्रको समग्र विकासमा टेवा पुर्याउनेछ।

सिँचाइ, मल र बीउको सुनिश्चितताः

सिंचाइ प्रणालीको विकासले वर्षभरि निरन्तर उत्पादन सम्भव बनाउँछ। आधुनिक सिँचाइ प्रविधि (जस्तै ड्रिप वा स्प्रिंकलर) र उपयुक्त मल प्रयोगले उत्पादन क्षमता वृद्धि हुन्छ। गुणस्तरीय बीउको नियमित आपूर्तिले रोग प्रतिरोधात्मक, उच्च उपज दिने बिउहरू कृषकसम्म पुर्याउन मद्दत गर्छ। यी तीन तत्वले कृषिमा जोखिम घटाउने र आय निरन्तरता बनाउने महत्त्वपूर्ण भूमिका खेल्छन्।

फलफूल, तरकारी, जडिबुटी, चिया, अग्र्यानिक उत्पादनमा जोडः

नेपालको विविध भौगोलिक संरचना र जलवायुले विभिन्न प्रकारका फलफूल, तरकारी र औषधीय जडीबुटी उत्पादनको लागि उपयुक्त वातावरण प्रदान गर्छ। चिया उत्पादन विशेषगरी इलाम, धनकुटा र ताप्लेजुङ क्षेत्रमा प्राचीन र प्रतिष्ठित छ। अग्र्यानिक खेतीले बजारमा उच्च मूल्य पाउने भएकाले यसलाई प्रवर्द्धन गर्नाले कृषकको आयमा वृद्धि हुन्छ। यस क्षेत्रको विकासले कृषिमा नयाँ रोजगारी अवसर सिर्जना गर्ने मात्र नभई निर्यात संभावनाहरू पनि खोल्नेछ।

. पर्यटन: संस्कृति प्रकृतिको रोजगारी

नेपालको विविध भौगोलिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरू पर्यटन विकासका लागि एक अनुपम सम्पत्ति हुन्। विश्वकै उच्च हिमश्रृंखलादेखि मध्यपहाडी क्षेत्रको हरियाली, तराईको जैविक विविधता, विभिन्न जातजातिको संस्कार, पर्व, कला, भाषा र भोजन संस्कृतिसम्मको सम्पूर्णता नेपाललाई अनन्य बनाउँछ। यी सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनमार्फत व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ।

विशेषगरी लाङ्टाङ-गोसाइँकुण्ड, खप्तड, रारा, मुस्ताङ-मुक्तिनाथ, बर्दिया, सन्दकपुर-इलाम, मानसरोवर मार्ग अन्तर्गत कर्णाली करिडोर र हिल्सा, गुइरीगाउँ-साइपाल लगायतका गन्तव्यहरूको वैज्ञानिक ढंगले योजनाबद्ध विकास आवश्यक छ। यस्ता स्थानहरूमा पहुँचयुक्त सडक, हवाई सेवा, सञ्चार सुविधा, सुरक्षित ट्रेल, सरसफाइ, अस्पताल सेवा, पर्यटकमैत्री कानून, र होमस्टे प्रवर्द्धन जस्ता पूर्वाधारको विस्तार गर्नुपर्छ।

लाङ्टाङ-गोसाइँकुण्ड क्षेत्र नेपालको मध्य भागमा अवस्थित अत्यन्तै महत्वपूर्ण हिमाली पर्यटकीय गन्तव्य हो, जसले धार्मिक, साहसिक र प्राकृतिक पर्यटनका साथै स्थानीय रोजगारी सिर्जनामा ठूलो योगदान दिन सक्छ। यो क्षेत्र लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने लाङ्टाङ हिमाल, गोसाइँकुण्ड ताल, क्याञ्जिन गोम्पा, टेम्बा गाउँ, धुलो स्याफ्रुजस्ता स्थलहरूबाट भरिपूर्ण छ। गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र स्थल हो, जहाँ प्रत्येक वर्ष हजारों तीर्थयात्रीहरू जनैपूर्णिमाको अवसरमा पूजाआजा गर्न जान्छन्। त्यसैगरी, लाङ्टाङ क्षेत्र साहसिक पदयात्रा, हिमाल आरोहण, प्रकृति अवलोकन, संस्कृति अध्ययन र ट्रेकिङको लागि उपयुक्त स्थान हो। यदि यहाँ सडक, पुल, होमस्टे, गाइड तालिम, पर्यटक सूचना केन्द्र, जडीबुटी खेती, हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता, पारिस्थितिक पर्यटनलगायतका संरचना विस्तार गरिएमा यस क्षेत्रबाट १५,००० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ। साथै, लाङ्टाङ भूकम्पपछिको पुनर्निर्माणलाई पर्यटनसँग समेट्दै यहाँको समृद्धिका लागि दीर्घकालीन योजना बनाउन आवश्यक छ।

मानसरोवर मार्गका लागि कर्णाली करिडोर, हिल्सा र साइपाल क्षेत्रको विकास नेपालको सुदूरपश्चिमी कर्णाली प्रदेशमार्फत चीनको कैलाश-मानसरोवर जाने धार्मिक र व्यापारिक मार्गलाई व्यवस्थित बनाउनु अत्यन्त महत्वपूर्ण छ। यस करिडोरले तीर्थयात्रीहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने मात्र होइन, सिमानासम्बन्धी व्यापार र सांस्कृतिक आदानप्रदानलाई पनि मजबुत बनाउनेछ। हिल्सा र साइपाल क्षेत्रलाई यस करिडोरको प्रमुख स्टप र सेवा केन्द्रको रूपमा विकास गर्न सडक, यातायात, आवास, स्वास्थ्य सुविधा, सूचना केन्द्र र पर्यटकीय पूर्वाधारमा लगानी गर्न आवश्यक छ। यसले स्थानिय जनताको रोजगारी सिर्जना गर्दै यातायात सेवा, होटल व्यवसाय, गाइड तालिम, हस्तकला उत्पादन, र स्थानीय कृषि उत्पादनको बजार विस्तारमा मद्दत पुर्याउनेछ। यस्तै, स्थानीय समुदायलाई समावेशी विकासमा सहभागी गराएर सामाजिक-आर्थिक सशक्तीकरण गर्दै करिडोर क्षेत्रलाई दिगो र पर्यावरणमैत्री बनाउनु आवश्यक छ। यसरी कर्णाली करिडोर, हित्सा र साइपालको समृद्धि नेपाल-चीन सम्बन्ध र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान दिनेछ।

सन्दकपुर र इलाम क्षेत्र पूर्वी नेपालको सुन्दर पर्यटकीय र कृषिप्रधान क्षेत्र हुन् जसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। सन्दकपुरको मनोरम हिमाली दृश्य, झरना, घना जंगल र इलामको प्रसिद्ध चिया बगान तथा हरियालीले यो क्षेत्रलाई पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाएको छ। यहाँको जलवायु र उपयुक्त जमिनले चिया, फलफूल, तरकारी, र जडिबुटी खेतीको राम्रो सम्भावना छ। सन्दकपुर-इलाम क्षेत्रमा पूर्वाधार विकास, पर्यटकीय सेवा, गाइड तालिम, होमस्टे, हस्तकला बजार प्रवर्द्धन र जैविक कृषि प्रवर्द्धन गरिएमा, स्थानीय युवा तथा महिला समूदायलाई १०,००० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन र कृषिमा समन्वय भएर विकास गर्दा, यो क्षेत्र नेपालको दिगो विकास र स्वदेशी उत्पादन प्रवर्द्धनको राम्रो नमुना बन्न सक्छ।

त्यसैगरी, स्थानीय समुदायलाई गाइड, कुक, ट्रेकिङ सहायक, होटल व्यवस्थापन, हस्तकला उत्पादन, यातायात सेवा, सांस्कृतिक प्रस्तुति लगायतका सीप प्रदान गरिएमा पर्यटन क्षेत्रले ५-७ लाख प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिन सक्छ। ग्रामीण पर्यटन, धार्मिक पर्यटन र साहसिक पर्यटन जस्ता विविध स्वरूपमा विस्तार गरेर विभिन्न क्षेत्रका युवाहरूलाई आफ्नो ठाउँमै रोजगार सिर्जना गर्न सकिन्छ।

नेपालको पर्यटन क्षेत्रलाई रोजगारीमुखी बनाउने हो भने केन्द्र र स्थानीय सरकार, निजी क्षेत्र, सहकारी संस्था, र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य हुन्छ। यसबाट प्राप्त आयले देशको समग्र आर्थिक वृद्धिमा समेत ठूलो योगदान पुर्याउन सक्छ।

. जलविद्युत्, माछा पालन सिँचाइ

नेपालमा जलस्रोत प्रशस्त भए तापनि यसको उपयोग न्यून रहेको छ। जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरेर विद्युत् उत्पादनमा वृद्धि गर्ने मात्र होइन, त्यसको बहुप्रयोजनीय उपयोगले कृषिमा सिँचाइ सुविधा पुर्याउने, औद्योगिक विद्‌युतीकरणलाई सहज बनाउने र पर्यटन प्रवर्द्धन गर्ने अवसरहरू सिर्जना गर्न सकिन्छ। यसैगरी, जलाशययुक्त बाँधहरूमा व्यावसायिक माछापालनले थप रोजगारीको सम्भावना खुल्छ। Cage farming र floating net cage प्रविधि अपनाएर माछापालन गर्दा प्रत्येक आयोजना १०० देखि ५०० जनासम्म स्थायी रोजगारी प्रदान गर्न सक्छ। यसले मात्र स्थानीय आर्थिक विकासमा योगदान दिने होइन, देशको प्रोटीन आपूर्ति र ग्रामीण आय स्रोतहरूमा पनि सुधार ल्याउनेछ। यसरी जलविद्युत् र माछापालनको समन्वयले नेपालको दिगो विकास र रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ। जलाशययुक्त जलविद्युत् परियोजनाहरू निर्माण गर्दा सिंचाइ, माछापालन, जलस्रोत व्यवस्थापन, जलयातायात र स्थानीय उद्योगहरू स्थापना गर्न सकिन्छ। जलविद्‌युत्को बहुपक्षीय उपयोगबाट ५-७ लाख रोजगारी सिर्जना सम्भव छ। जलाशयमा माछा पालन गरेर आय तथा पोषण दुवैमा योगदान गर्न सकिन्छ।

. खानी तथा खनिज स्रोतको उपयोग

नेपालमा फलाम, तामा, कोइला, चुनढुंगा, चून, मरमर, सिलिका, अभ्रक लगायतका खनिज स्रोतहरू छन्। वैज्ञानिक अनुसन्धान, वातावरणीय मूल्यांकन, पारदर्शी नीतिको आधारमा उत्खनन, प्रशोधन तथा बजारीकरण गरेर ३-५ लाख रोजगारी सिर्जना गर्न सकिन्छ। यो क्षेत्रमा स्थानीय जनशक्तिको उपयोग, सुरक्षाको प्रत्याभूति र वातावरण संरक्षण अनिवार्य छ। यस्ता स्रोतहरूको उपयोग गर्दा वैज्ञानिक र वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य छ ताकि प्राकृतिक सन्तुलन र स्थानीय समुदायको जीवनशैलीमा असर नपरोस्। वातावरणमैत्री र दिगो उत्खनन प्रणाली अपनाएर यी खानीहरूबाट निर्माण सामग्री, जस्तै सिमेन्ट, ईंट, ग्रेनाइट पत्थर आदिको उत्पादन गरी देशैभरी पूर्वाधार विकासमा प्रयोग गर्न सकिन्छ। साथै, धातुजन्य उद्योगहरू स्थापना गरी फलाम, तामा, सुन लगायतका धातुबाट औद्योगिक कच्चा पदार्थ, औजार, मशीन पार्टस र अन्य वस्तुहरू उत्पादन गर्न सकिन्छ। यसले देशको आयात प्रतिस्थापन मात्र होइन, निर्यात प्रवर्द्धनमा पनि टेवा पुर्याउँछ। साथै, शिल्पकला र निर्यात सामग्री उत्पादनमा यी खानीजन्य कच्चा पदार्थको सदुपयोग गरेर स्थानीय हस्तकलाहरूलाई प्रवर्द्धन गर्न सकिन्छ जसले ग्रामीण क्षेत्रका महिला र युवाहरुलाई रोजगारी र आर्थिक आत्मनिर्भरता प्रदान गर्छ। यसरी खानी क्षेत्रको दिगो विकासले रोजगार सिर्जना, आर्थिक वृद्धि र समग्र राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

. उद्योग स्वदेशी उत्पादन

आयात प्रतिस्थापनमुखी नीति, हस्तकला, बुनाई, ढिकुरी, ढाका, वस्त्र उद्योग, खाद्य प्रशोधन, जडिबुटीजन्य उत्पादन, काठजन्य सामग्री तथा लघु उद्योगहरू विकास गरेर ४-५ लाख रोजगारी सिर्जना गर्न सकिन्छ। उद्योगको विस्तारले स्थानीय कच्चा पदार्थको प्रयोग र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग गर्छ।

नेपालको दिगो आर्थिक विकासका लागि उद्योग र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नु अत्यावश्यक छ। स्थानीय कच्चा पदार्थ, सिप, र श्रमशक्तिको उपयोग गरेर स्थापित लघु, घरेलु, मझौला तथा ठूला उद्योगहरूले आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढावा दिन सक्छन्। विशेषगरी कृषि, हस्तकला, लुगाफाटा, खाद्य प्रसंस्करण, निर्माण सामग्री, औषधि, IT, र विद्‌युतीय उपकरणहरू उत्पादन गर्ने उद्योगमा लगानी र प्रविधिको हस्तान्तरण आवश्यक छ। स्वदेशी उत्पादन प्रवर्द्धनले स्थानीय रोजगारी सिर्जना गर्छ, युवालाई आत्मनिर्भर बनाउँछ, र उद्यमशीलताको विकास गर्छ। यसले राष्ट्रिय पूँजी देशभित्रै राखेर विदेशी मुद्राको निकास कम गर्न सहयोग पुर्याउँछ। उद्योग सञ्चालनका लागि पूर्वाधार विकास, ऊर्जा आपूर्ति, नीतिगत स्पष्टता, बजार पहुँच, लगानीमैत्री वातावरण, र कार्यबलको सीप विकास अनिवार्य हुन्छ।

सरकार, निजी क्षेत्र र सहकारी मोडेलको सहकार्यमा स्वदेशी उत्पादन र उद्योगलाई प्रवर्द्धन गर्न सकिएमा देशभर १० लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ। यसरी, उद्योग र स्वदेशी उत्पादन देशको आर्थिक सबलीकरणको मेरुदण्ड बन्न सक्छ।

१०. स्थानीय सरकार स्वरोजगार

स्थानीय सरकारहरूले तालिम केन्द्रहरू, स्वरोजगार कार्यक्रम, सीप विकास, सहकारी प्रोत्साहन, महिला उद्यमशीलता, युवा उद्यम, लगानी बोर्ड स्थापना गरी स्थानीयस्तरमै ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सक्छन् ।

११. शिक्षा, स्वास्थ्य सामाजिक सेवा

शिक्षा र स्वास्थ्य क्षेत्र विस्तार गर्दा चिकित्सक, शिक्षक, स्वास्थ्यकर्मी, प्राविधिकलगायत जनशक्ति खपत हुन्छ। निजी र सार्वजनिक संयोजनमा यिनको सुदृढीकरणले सेवा गुणस्तर बढाउने मात्र नभई रोजगारी सिर्जना गर्न ठूलो भूमिका खेल्छ।

१२. सूचना प्रविधि डिजिटल नेपाल

सूचना प्रविधिमा आधारित सेवा र डिजिटल शिक्षा प्रणालीमार्फत लाखौं युवा दक्ष जनशक्ति उत्पादन र उपयोग गर्न सकिन्छ। यसले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने रोजगारी सिर्जना गर्न सक्नेछ।

सूचना प्रविधि (IT) नेपालको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनाको एक प्रमुख आधार बन्न सक्ने सम्भावनायुक्त क्षेत्र हो। “डिजिटल नेपाल फ्रेमवर्क” अनुसार देशको प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रमा सूचना प्रविधिको प्रयोगले दक्षता, पारदर्शिता र पहुँच बढाउन सकिन्छ।

विशेषगरी IT क्षेत्रले युवाहरुलाई उद्यमशीलता र फ्रीलान्सिङ्गको अवसर प्रदान गर्छ। वेबसाइट, मोबाइल एप्स, ग्राफिक्स डिजाइन, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, साइबर सुरक्षा, BPO सेवा, डाटा एनालिटिक्सजस्ता क्षेत्रमा लाखौं युवा देशभित्रै बसेर विश्वव्यापी रूपमा काम गर्न सक्ने छन्। यसका लागि इन्टरनेट पूर्वाधार, डिजिटल साक्षरता, प्रविधिमैत्री पाठ्यक्रम, र स्टार्टअप अनुकूल वातावरणको विकास आवश्यक छ।

सरकारी सेवा डिजिटल माध्यमबाट प्रदान गर्दा सेवा प्रवाहमा सुधार आउँछ, भ्रष्टाचार घट्छ र ग्रामीण बासिन्दासमेत सहज रूपमा सेवा प्राप्त गर्न सक्षम हुन्छन्। डिजिटल भुक्तानी प्रणाली, अनलाइन बैंकिङ, कृषि र मौसम सूचना सेवा, टेलिमेडिसिन, अनलाइन शिक्षा आदिले ग्रामीण तथा पिछडिएको क्षेत्रलाई पनि समावेश गर्न सकिन्छ।

यदि सूचना प्रविधिमा आवश्यक लगानी, नीति, र सीप विकासमा ध्यान दिइयो भने ५०,००० देखि १ लाख युवा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न हुन सक्नेछन्। यसरी डिजिटल नेपालको अभियान रोजगारी सिर्जना, सेवा सुविधा विस्तार र समग्र आर्थिक रूपान्तरणमा महत्वपूर्ण साबित हुन सक्छ।

निष्कर्ष

यदि उपर्युक्त सबै क्षेत्रलाई माओवादी सिद्धान्तको मानव केन्द्रित दृष्टिकोणमा आधारित भएर, तर बहुदलीय लोकतन्त्रभित्रको सहकार्य र साझा रणनीतिका साथ कार्यान्वयन गरियो भने, नेपालले ५ वर्षभित्र २५-३० लाख रोजगारी सिर्जना गर्न सक्नेछ। रोजगारीले जनताको आय, जीवनस्तर, उत्पादकत्व र आत्मबलमा सीधा प्रभाव पार्दछ।

आजको आवश्यकता भनेको सम्पूर्ण राजनीतिक दलहरू, सरकारका तीनै तह, निजी क्षेत्र, सहकारी र नागरिक समाजबीचको साझा सहकार्य हो। सबैले जिम्मेवारी बोध गरेर, वर्गीय दृष्टिकोण अनुसार नीति बनाएर, योजनाहरूलाई कार्यान्वयन गर्ने हो भने मात्रै विकास समावेशी र दिगो हुन्छ।

अब समय आएको छ कि राजनीतिक क्रान्तिलाई रोजगारीयुक्त सामाजिक-आर्थिक क्रान्तिमा रूपान्तरण गरियोस्। नेपाली जनताको शक्ति, स्रोत र आत्मविश्वास मिलाएर देश निर्माणको नयाँ अध्याय सुरु गरौं।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न 

0

बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ।

(१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ । र, उहाँहरुको आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ संकल्प गर्दछ ।

(२) हाल तराई मधेशका अधिकांश क्षेत्रहरुमा देखिएको पानीको गम्भीर संकटप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, नीतिगत व्यवस्थापनमा उपेक्षा र जलस्रोतको व्यवस्थापनमा भएको उदासीनताले गर्दा किसानहरु रोपाई गर्नबाट बञ्चित भएका छन् । पानीका श्रोतहरु सुक्दै जानु, सिंचाईको समुचित व्यवस्था नहुनेु, चुरे विनाश, प्राकृतिक श्रोतको अवैध उत्खनन्, वन अतिक्रमणका कारण सिर्जित वातावरणीय असन्तुलनले गर्दा तराई मधेश आज भूगर्भीय संकटमा फसेको छ । यो सन्दर्भमा, तराई–मधेश क्षेत्रका कृषक जनताले भोगिरहेका जटिल समस्याप्रति सरकारको उदासीनता र बेवास्ताप्रति यो बैठक गहिरो चिन्ता प्रकट गर्दै खडेरीका कारण मारमा परेका कृषकहरुलाई तत्काल राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ । यसका साथै तराई मधेस क्षेत्रलगायत आत्मनिर्भर कृषि अर्थतन्त्र विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माणको माग गर्दछ । हाम्रो पार्र्टी नेतृत्वको सरकारले अघि सारेको कृषिमा लगानी दशक योजनालाई कार्यान्वयनमा ल्याउन माग गर्दछ ।

(३) चाडपर्वहरु नजिकिदै गर्दा जनताको उपभोग्य बस्तुहरुमा भएको मुल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएकोले तत्काल मूल्यवृृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र सीमाबाट भित्रिने आम नागरिकलाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग माग गर्दछ ।

(४) लाखौं विद्यार्र्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ती प्रकट गर्दछ। यसअघि शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गर्दछ। साथै, नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गर्दछ ।

(५) सहकारी ठगहरुलाई कार्बाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरुलाई संरक्षण गर्ने र पीडितहरुका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भत्र्सना गर्दै पीडितहरुको वचत रकम फिर्ता गरी दोषीमाथि कडा कानुनी कार्वाहीको माग गर्दछ ।

(६) पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गइरहेको तनावप्रति हाम्रो पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । संयुक्त राष्ट्रसंघको दुई राज्य समाधान प्रस्तावलाई समर्थन गर्दै प्यालेष्टाइनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ । साथै इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भत्र्सना गर्दछ । वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालहरुको सुरक्षाका लागि थप कुटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

(७) रसुवाको भोटेकोशी त्रिसुली नदीको बाढीमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट व्यक्त गर्दै घाइतेहरुको निशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गर्दछ । राहत पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विपद पूर्व तयारीको काममा ध्यान दिन र बाढी प्रभावितहरुका लागि राहत प्रदान गर्न जोडदार माग गर्दछ ।

(८) जाजरकोट, रुकुम लगायत भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा भैरहेको ढिलाईप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

(९) शान्ति सम्झौताको भावना र मर्मअनुरुप शान्ति प्रक्रियाका बाँकी कामलाई अगाडि बढाउन सरकारले सहजीकरणको लागि उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

(१०) रोपाइँ सत्र अन्तिम चरणमा पुगिसक्दा पनि किसानले मल नपाएको अवस्था अत्यन्त चिन्ताजनक छ । मलखाद आयात तथा वितरणमा विचौलियाको प्रभाव र भ्रष्ट चलखेलको बैठक भत्र्सना गर्दछ । कृषि, मल, बिऊको आवश्यकता अनुसार उपलब्ध गर्न र समयमा नै कृषि उपजको समर्थन मुल्य तोक्न माग गर्दछ ।

(११) अनौपचारिक क्षेत्रका श्रमिकहरु न्यूनतम् ज्यालामा वृद्धि गर्न जोडदार माग गर्दछ ।

(१२) देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरु समाधानका लागि कुटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ । साथै सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न यो बैठक सरकारसमक्ष माग गर्दछ ।

(१३) शक्ति पृथकीकरणको सिद्धान्त विपरित कार्यपालिकाबाट विधायिकामाथि गरिएको हस्तक्षेपको यो बैठक कडा भत्र्सना गर्दछ । संघीय निजामती सेवा विधेयकमाथि प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीद्वारा गरिएको अवैध निर्देशन तथा विधायन प्रक्रियामाथिको प्रहार अस्वीकार्य छ । यसप्रति गम्भीर सरोकार व्यक्त गर्दै सम्बद्ध निकायका चासोलाई सम्बोधन गरी विधेयक तुरुन्त पारित गर्न सरकार समक्ष जोडदार माग गर्दछ।

(१४) सरकारद्वारा भूमाफिया तथा विचौलियाहरुको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षडयन्त्र भइरहेकोमा गम्भीर आपत्ती व्यक्त गर्दै भूमहीन, सुकुम्वासी जनतालाई तत्काल न्याय दिने गरी अग्रगामी रुपान्तरणका पक्षमा भूमिसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्न माग गर्दछ ।

(१५) सरकारकै मन्त्रीहरुमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानवीनको प्रयत्न नगिरनुबाट सुशासनप्रति राज्यको जवाफदेहिता शून्य भएको पुष्टी भएको छ । यो बैठक सरकारका सुशासनविरोधी कदमको विरोध गर्दै आरोपित मन्त्रीहरुमाथि छावनीनको माग गर्दछ ।

(१६) उखु किसानलाई दिइँदै आएको अनुदानमा गरिएको ५० प्रतिशत कटौतीको यो बैठक कडा विरोध गर्दछ। किसानलाई तत्काल न्याय दिनु पर्ने माग गर्दछ।

(१७) सरकारबाट पाउनुपर्ने वक्यौता रकम अझै प्राप्त नगरेका दुग्ध किसानहरू गम्भीर समस्यामा परिरहेका छन्। बैठकले तिनीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्दछ।

(१८) जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीररूपमा लिन्छ। भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्र् िछानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ ।

(१९) ऐतिहासिक बलिदानबाट प्राप्त महिलाहरुका संवैधिनिक अधिकारमाथि विभिन्न तवरले हस्तक्षेप गर्दै लैगिक समानता विरोधी कानून निर्माणका प्रयासहरुको कडा विरोध गर्दछ। राज्यबाटै महिलाविरोधी व्यवहार तत्काल अन्त्य गर्दै, ‘छाउपडी’ र महिलामाथिको हिंसाविरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्न सरकारसँग माग गर्दछ ।

(२०) जातीय विभेद र आर्थिक शोषणको दुश्चक्र झेलिरहेका दलित समुदायमाथि राज्यबाट भइरहेका विभेदहरूको यो बैठक घोर भत्र्सना गर्दछ। दलित समुदायका संवैधानिक अधिकार कार्यान्वयन गर्न दलित एन तर्जुमा तथा विशेषाधिकार सम्पन्न दलित विकास प्राधिकरणको तुरुन्त स्थापना गर्न सरकारसमक्ष माग गर्दछ ।

(२१) विद्युत क्षेत्रमा आत्मनिर्भरता र निर्यातको पर्याप्त आधार तयार भएको अवस्थामा दलाल र विचौलियाको स्वार्थमा गरिएको राजनीतिकरणप्रति बैठक कडा आपत्र् िव्यक्त गर्दछ । कतिपय क्षेत्रमा पुनः लोडसेडिङ देखा परिरहेको, विगतमा अत्यन्तै न्यून अवस्थामा पुगेको विद्युत चुहावट उल्लेख्यरुपमा बढेको सन्दर्भमा विद्युत क्षेत्रको सुशासन र पारदर्शिता कायम गर्न बैठक जोडदार माग गर्दछ ।

(२२) त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थानमा मेरिटोक्रेसीको उल्लंघन गर्दै दलगत हस्तक्षेप गरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले गम्भीर आपत्र् िप्रकट गर्दछ। शिक्षा क्षेत्रमा दलगत स्वार्थको अन्त्य गर्न तथा राष्ट्रीय आवश्यकता अनुरुप दक्ष जनशक्ति निर्माण गर्न उच्च शिक्षा क्षेत्रका विकास गर्न यो बैठक माग गर्दछ ।

(२३) संवैधानिक निकायहरूमा गरिएको हस्तक्षेप, चयनमुखी अनुसन्धान तथा अभियोजन प्रक्रिया अन्त्य गर्न माग गर्दछ ।
(२४) निर्वाचन आयोग लगायत संवैधानिक निकायहरूमा रिक्त पद पूर्तिप्रति सरकारको वेवास्ताप्रति खेद प्रकट गर्दै तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गर्दछ ।

(२५) युवा उद्यमशीलता प्रवरद्धन गर्न अघि सारिएको स्टार्टअप कार्यक्रमको बजेट घटाइनु तथा विनियोजित बजेट समेत कार्यकर्तालाई रकम बाँड्ने संयन्त्रकारुपमा विकास गरिएकोमा आपत्ती व्यक्त गर्दै वैज्ञानिक प्रणालीमार्फत सिर्जनशीलता र नवप्रवर्तनका युवा सोँच तथा अवधारणामा आधारित परियोजनाहरुलाई लगानी गर्न माग गर्दछ ।

(२६) सरकारले दलाल र विचौलियाका पक्षमा एकपछि अर्को गर्दै चालेका जनविरोधी कदमको निन्दा तथा भत्र्सना गर्दै सुशासन, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा एक भई अघि बढ्न सबैमा हार्दिक अपील गर्दछौ ।

राजनीति देशलाई उभो लगाउने – अनुशासनमा चलाउने चिज हो : मा. राम प्रसाद ढुङगाना

0

खोज अनुसन्धान नीति नियम, ज्ञान पछी बिज्ञानबाट प्रमाणित भएर बिश्वमा ज्यादै अशहज, आक्रान्त र अपाच्चे एक समुहले अर्को समुहको व्यक्ति, कमजोर समुहलार्इ थिचोमिचो शोषण, दमन, अन्याय र अत्याचारले बिद्रोह जन्मन्छ । बिद्रोहले नयाँ चिज उत्पन्न गर्दछ, महान बिचारक तथा दार्शनीक अनुसन्धानकर्ताहरुले जम्मा गरेर छरियर रहेको दार्शनीकहरुको बिचारलार्इ कार्लमार्क्स र एगेल्सले तीन कुराM १.राजनीतिशास्त्र २. सामाजशास्त्र ३.अर्थशास्त्र निर्माण गरे । पछी लेनिनले अझ परिष्कृत गरेर सन १९१७ मा बिद्रोह सफल गरेर लागु गर्दै थिय, बैदेशिक घुषपैठले लेनिनको गोली हानी हत्या गरे । पछी यता चिनियाँ नेता माओत्सेतुङको नेतृत्वमा सन १९४९ मा चिनमा विद्रोह सफल भयो तर माओ धेरै पटक पार्टी भित्र अल्पमतमा परे । त्यसपछी सर्बहारा क्रान्ती सुरु भयो, केही सफा गरे तर १९७६ मा माओत्सेतुङको मृत्यु भयो, त्यस पछीका नेताले आर्थीक उन्नती गरे/ गराए । रसिया कम्युनिष्ट पार्टीसँग १५ वटा देशका क्रान्तिकारी सरकार बने समाजवादी क्रान्ति तिर उन्मुख हुँदै गर्दा रसिया ख्रुच्चेप जस्ता विदेशीको इसारामा चल्ने बिदेशी एजेण्टहरुले रसियाको कम्युनिष्ट शासन समाप्त पारे,देश टुक्र्याउने काम भयो ।

नेपालमा पुराना राजसंस्था खारेज गरी गणतन्त्र स्थापना गर्ने भन्दै विभिन्न सगठन जोडीदै फुट्दै जुटदै २०५२ सालबाट हाम्रो पार्टी नेकपा माओवादी ले क्रान्ती थाल्यो । १० वर्ष नेपाली जनताले चलाएको जनयूद्धबाट हजारौको संख्यामा जनताका छोराछोरीहरुले युद्धमा ज्यान गुमाए, सरकारले नियन्त्रणमा लिएका धेरै हालसम्म बेपत्ता छन्, कयौ घाईते र अंगभंग भएका छन । हामी २०६३ सालमा शान्ती संझौता गरेर आयौं, तत्पश्चात  सवैजसो अवसरवादीहरु हाम्रो पार्टी भित्र प्रवेश गरे तर सही र गलत मनिसहरु पहिचान गर्न हामी चुकेको अबस्था हो । अनी हाम्रो पार्टीको क्षयीकरण सुरु भयो । गणितिय खेलमा पार्टी पर्यो, अल्पसख्याले काम गरेन र आज भएको यही हो । गणतन्त्र नेपालको ज्यादै महत्वपुर्ण बिषय हो, तर गणतन्त्रको ग पनि नचिनेकाले गणतन्त्र ल्याउन सिन्को सम्म नभाँचेकाले अहिले शासन चलाएका छन । हामिले जनताको वलिदानी र संघर्षबाट उत्कर्षमा रहेको आर्थीक विभेद, जातीय विभेद, क्षेत्रीय विभेद, भौगोलिक बिभेद अन्त्य गर्यौं । संघियता र समानुपातीक विभेदको लगभग नयाँ र उच्च संस्कृतीको थालीन हामीले नै गरेका हौ । २०७२ सालको सँघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले केहि अधिकार स्थानिय, प्रदेश र संघ गरी ३ तहका अधिकार स्थापित भयो तर हजारौको वलीदान र लाखौको मेहनत पसिनाबाट स्थापीत मान्यता भ्रष्ट विचौलीयाहरुबाट खोसीने हो की भन्ने त्रासादी बिधमान छ । अहिले हाम्रो देशमा सरकारी घुसपैठ, भ्रष्टाचार तथा अन्यायले सिमापार भयको अबस्था छ  ।

नेपाल अहिले पानि बाहेक अरु चिजमा अत्मानिर्भर छैन । बार्षीक खाधान्न ७७ अर्ब भन्दा बढीको आयात भारत, बंगलादेश लगायतका मुलुकहरुबाट गरिन्छ । औषधी, कपडा, फलाम, आल्मुनियम, सिसा, काठ लगायतका सामग्रीहरुमा परनिर्भर नै रहेका छौ । हाल २६ खर्ब बैदेशिक ऋणमा मुलुक रहेको अबस्था छ । क्रान्ति भनेको परिबर्तन हो,हाम्रो देशमा भएका कलकारखाना बन्दबाट १०औ लाख मानिसहरुको रोजगार गुमेको छ । रोजगारीको खोजीमा लाखौ लाख युवायुवतीहरु बिदेसिएका छन, गाँउपाखाहरु बाँझिएको अबस्था छ । हाम्रो देश दलाल पुजिवादी बिचौलियाहरुको खेलौना भएको छ ।

नेपालटारको मुहार फेर्दै तारकेश्वर नगरपालिका

0


केहि बर्ष अगाडी सम्म हिलाम्मे र धुलो उडने तारकेश्वर नगरपालिका ११ नम्बर वडा नेपालटारको सडक आज भोलि दुलही झै सिंगारिएको छ । काठमाडौ महानगरपालिका र तारकेश्वर नगरपालिका जोडने नेपालटारको पुलमा तारकेश्वर नगरपालिकाले भब्य र सुन्दर गेट समेत हालसालै निर्माण गरेको छ । तारकेश्वर नगरपालिकाको मुख्य नाकाको रुपमा नेपालटारको पुललाई लिन सकिन्छ । तारकेश्वर नगरपालिकाको मुख्य बजारहरु मध्ये नेपालटार बजारलाई पनि लिन सकिन्छ । नेपालटार बजार आसपासमा दुईवटा सरकारी कलेजहरु पनि रहेका छन । ग्रामीण आदर्श र एनाआर कलेज तारकेश्वरको सरकारी सामुदायिक क्याम्पसको रुपमा लिन सकिन्छ । ब्यबस्थित बजार , विभिन्न बैंकहरुका  शाखा ,धेरै सहकारी संस्थाको कार्यालय देखि तारकेश्वर नगरपालिकाको वडा नं.११ को कार्यालय समेत नेपालटारमा नै छ । नेपालटारको पुरानोरुपलाई हटाउदै तारकेश्वर नगरपालिकाको कार्यालय ,मेयर र ११ नम्बर वडा कार्यालयले सयुक्त प्रयासमा नेपालटार बजारले आफ्नो रुप फेर्दै छ । हिलाम्मे र धुलैधुलो हुने नेपालटार आसपासका रोडहरु आज चिल्ला भएका छन । सडकमा ट्राफिक लाइट देखि लिएर रातिका समयमा उज्यालोको लागि सोलार लाइट समेत ब्यबस्थापन गरिएको देखिन्छ । साच्चिकै नेपालटा लगायत हिलेटोल शेसमती देखि जरङखु नेपालटार फुटुङ लोकतान्त्रिक चोक सम्म रातिको बेलामा  सम्म निर्धक्क सँग हिडन डुल गर्न सक्ने,  सुरक्षा र सडक लाइटको ब्यबस्थापन गरिएको पाइन्छ । स्थानीय सरकार बने पश्चात बिस्तारै शहरहरुमा पनि शहरीकरण हुदै बिकासको दिशातर्फ अगाडी बढदै गएको देखिन्छ ।

 

तत्कालको समाचार

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय...

तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अमर ज्योति विद्यालय सर्वोत्कृष्ट तादी–१२, नुवाकोट, २०८२ पुष १२ । तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति...

नुवाकोटमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

नुवाकोट, २०८२ पौष १२ — दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्व. गणेश पण्डितको पूर्णकद शालिक अनावरण कार्यक्रम आज एक...

नागिनी थान कप अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिता माघ ४ देखि सुरु...

नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७...