केहि बर्ष अगाडी सम्म हिलाम्मे र धुलो उडने तारकेश्वर नगरपालिका ११ नम्बर वडा नेपालटारको सडक आज भोलि दुलही झै सिंगारिएको छ । काठमाडौ महानगरपालिका र तारकेश्वर नगरपालिका जोडने नेपालटारको पुलमा तारकेश्वर नगरपालिकाले भब्य र सुन्दर गेट समेत हालसालै निर्माण गरेको छ । तारकेश्वर नगरपालिकाको मुख्य नाकाको रुपमा नेपालटारको पुललाई लिन सकिन्छ । तारकेश्वर नगरपालिकाको मुख्य बजारहरु मध्ये नेपालटार बजारलाई पनि लिन सकिन्छ । नेपालटार बजार आसपासमा दुईवटा सरकारी कलेजहरु पनि रहेका छन । ग्रामीण आदर्श र एनाआर कलेज तारकेश्वरको सरकारी सामुदायिक क्याम्पसको रुपमा लिन सकिन्छ । ब्यबस्थित बजार , विभिन्न बैंकहरुका शाखा ,धेरै सहकारी संस्थाको कार्यालय देखि तारकेश्वर नगरपालिकाको वडा नं.११ को कार्यालय समेत नेपालटारमा नै छ । नेपालटारको पुरानोरुपलाई हटाउदै तारकेश्वर नगरपालिकाको कार्यालय ,मेयर र ११ नम्बर वडा कार्यालयले सयुक्त प्रयासमा नेपालटार बजारले आफ्नो रुप फेर्दै छ । हिलाम्मे र धुलैधुलो हुने नेपालटार आसपासका रोडहरु आज चिल्ला भएका छन । सडकमा ट्राफिक लाइट देखि लिएर रातिका समयमा उज्यालोको लागि सोलार लाइट समेत ब्यबस्थापन गरिएको देखिन्छ । साच्चिकै नेपालटा लगायत हिलेटोल शेसमती देखि जरङखु नेपालटार फुटुङ लोकतान्त्रिक चोक सम्म रातिको बेलामा सम्म निर्धक्क सँग हिडन डुल गर्न सक्ने, सुरक्षा र सडक लाइटको ब्यबस्थापन गरिएको पाइन्छ । स्थानीय सरकार बने पश्चात बिस्तारै शहरहरुमा पनि शहरीकरण हुदै बिकासको दिशातर्फ अगाडी बढदै गएको देखिन्छ ।