दुप्चेश्वर / नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा न.४ गोल्फु स्थित नाम्सा पुरानमा ग्लान उत्दम थलोमा ङारदिम भवन पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नुवाकोटका माननीय संसद हित बहादुर तामाङले सिलान्यास गर्नु भएको छ ।
ङानरदिम संसार भर छरिएर रहेका ग्लान तामाङहरुको आदिम पुर्ख्यौली घरको स्वरुप झल्किने मौलिक प्रकारको भवन हुनेछ। उक्त भवनको लागि चालू आर्थिक वर्ष २०८१/०८२ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ९०लाख विनियोजन भई निर्माण गर्न लागिएको हो । उक्त भवन निर्माणकार्य लागि बजेट पार्ने काम देखि बजेट विनियोजन सम्म पुर्व मन्त्री तथा संसद हित बहादुर तामाङले बिशेष रुपमा
योगदान दिनु भएको हो । उक्त भवन तामाङ जातिको मौलिक्ता सहितको साझा सांस्कृतिक संग्रहालयको रुपमा उपयोग गर्न सकिने कुरा पनि पुर्व मन्त्री तामाङले बताउनु भएको थियो