बिदुर नुवाकोट / नुवाकोट सडकखण्डमा सार्बजनिक सवारी साधनहरुको पछिल्लो समयमा दुर्घटना बढेसँगै नुवाकोट जिल्ला प्रशासन कार्यालयले सार्बजनिक यातायातमा चासो राखेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक यातायातका लागि यहि फागुन १५ गते बिहिवारबाट सवारी टाइमकार्ड लागू गर्ने निर्णय गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा सार्बजनिक यातायातमा यो व्यवस्था लागू गर्ने कुरा उल्लेख गरिएको छ । नुवाकोट जाने सडकखण्ड टोखा ,छहरे, थान्सिङ ,ढिकुरे ,गंगटे र काठमाडौ गल्छि देबिघाट पिपलटारका सडकमा समेत यो सवारी साधनमा टाइमकार्ड लागु गरिने कुरा उल्लेख छ । पछिल्लो समय काठमाडौ नुवाकोट सडकखण्डहरुमा सडक कालोपत्रे भएपछि सार्वजनिक सवारीसाधनका प्रतिस्पर्धामा आउदा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेको थियो । पछिल्लो समय इभि गाडीहरुको प्रतिस्पर्धाले गर्दा झन गाडीहरूको तिब्र प्रतिस्पर्धा हुने गरेको थियो ।पछिल्लो समय यो सडकलाई नुवाकोट-काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा लिइँदै आएको छ। तर, सडक साँघुरो हुनुका साथै घुम्ती धेरै भएकाले सवारी गति तीव्र हुँदा दुर्घटनाको जोखिम बढेको देखिन्छ । यहि बिषयलाई न्यूनीकरण गर्ने उदेश्यले नुवाकोट प्रशासनले टाइमकार्ड लागू गर्नुअघि फागुन १२ गते जिल्ला प्रशासन कार्यालयमा सार्बजनिक यातायात व्यवसायी, सरोकारवाला निकाय र सम्बन्धित पक्षसँग छलफल गरि सवारी टाइमकार्ड लागुगर्ने निर्णय गरेको थियो । ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार सडकलाई दुई खण्डमा विभाजन गरिएको छ देखिन्छ । ढिकुरे–छहरे ५.४ किमी २० मिनेट‌‌ र छहरे–गुर्जे १९.७ किमी ५० मिनेट समयसीमा तोकिएको छ ।

 

LEAVE A REPLY