नेकपा(माओवादी केन्द्र)को नेतृत्वमा २०६३ साल पछी ३ पटक ३४ महिना सरकार चलाउदा भएका बिकासका केही नमुना कार्यहरु:

कुनै आन्दोलन ९५ प्रतिशत जनताको पक्षमा हुन्छ, कुनै आन्दोलन केही बर्गलार्इ हुन्छ भने हामीले २०५२ सालबाट जनताको हितमा उठेको आन्दोलन परिवर्तनकारी आन्दोलन थियो । त्यसका केही उपलब्धीहरु :

१. नेपालि साना किसान र कृषकहरुको कृषी ऋण देशभरीका किसानहरुको ३० हजार सम्मको ऋण मिनाहा र १ लाख सम्मको श्रणको ब्याज हर्जना मिनाहा गर्दा साना किसानहरुको ११ अर्ब ऋण हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले मिनाहा गरेको हो । जसमा ३० बर्षा देखी बैकमा धितो रहेको लालपुर्जा फकुवा हुन पुगेको हो ।

२. २०५१ सालको सरकारले गरेको रु १०० बृद्धा भत्तालार्इ  बिस्तार गरेर रु ५०० पुर्याएको र हाल रु ४००० पुर्याउने काम पनी हामीले नै गरेको हो ।

३. जनयुद्धको समयमा भएका घटना हरुको सन्दर्भमा दुबै पक्षबाट युद्धमा ज्यान गुमाएका,घाइते तथा बेपत्ता हुन पुगेका परिवारहरुलार्इ अन्तरिम राहात तथा क्षतिपुर्तीको ब्यबस्था हाम्रो सरकारले गरेको थियो ।

४. देश दैनिक १८ घण्टा भन्दा बढी कहाली लाग्दो लोडसेडिङको चरम मारमा परेको अबस्था थियो । त्यस सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले चुहावट नियन्त्रण गरी देशलार्इ लोडसेडिङ मुत्त गरी जनतालार्इ राहात प्रदान गरेको ।

५. हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको सरकारले परिकल्पना र सुरु गरेको मध्ये पहाडी लोकमार्ग र हुलाकी राजमार्गले देशको ५० प्रतिसत जनतालाइ सडकसंजाल मार्फत जोड्ने काम भएको छ ।

६. कर्णाली प्रदेशका जनतालार्इ ६० बर्षको उमेरमा नै बृद्धा भत्ताको ब्यबस्था गरिएको छ ।

७. एकल महिलाहरुकोलागी भत्ताको सुरवात हामीले नै गरेको हो ।

८. हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको सरकारले यही बिचमा गाँउगाँउ जाने मोटरबाटोको संजाल बिकासको लागी अभियान नै संचालन गरी ६५ हजार किलोमिटर भन्दा बढी कच्चि मोटरबाटोको निर्माण गरियो ।

९. हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले २०६५ सालबाट कृषी मलमा अनुदान रकम उल्लेख्य

मात्रामा बढाएर रु २७ अर्ब पुर्यार्इएको थियो ।

१०. गरिव,जेहेन्दार,शहिद परिवार तथा पिछडिएको क्षेत्रका जनताका छोराछोरीहरुको लागी छात्राबृद्धीको ब्यबस्था                       गरेको ।

११. भारतसंग नेपालले १० हजार मेघावाट बिजुली बेच्ने समझदारी गरेको र त्यही मार्गबाट बंगलादेश र भुटानसंग समेत बिधुत बिक्रि पहलभर्इ बंगलादेशलार्इ हाल ४० मेघावाट बिधुत बिक्रि गरिरहेको अवस्था हो ।

१२. काठमाण्डौ तराई द्रुतमार्ग बनाउने गुरु योजना बनार्इ काम थालनी र नेपाली सेनालाई निर्माण गर्न दिने      समझदारी हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारको पालामा भएको हो ।

१३. नेपालको अन्नको भण्डारको रुपमा रहेको तरार्इ मधेशका जिल्लाहरुलार्इ सदावहार सिंचार्इको सुबिधा पुर्याउन राष्ट्रिय  गौरवको आयोजनाको रुपमा सिन्धुली  जिल्ला हुदै बग्ने सुनकोशी नदीको बहावलाई परिबर्तन गरी सुनकोशी मरिण डाईभर्सन योजनाको कामको थालनी हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले गरेको र हाल सम्म पनि उच्च प्राथामिक रुपमा सम्पन्न गर्न पहलकदमी गरिरहेको ।

१४. नागढुङगा सुरुङ मार्गको सुरुवात र निर्माणको लागी जापानसंग १८ अर्बको सम्झौता हाम्रो पार्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले नै गरेको हो ।

१५. साना र मझौला खालका मात्रै सडक रहेको काठमाण्डौ उपत्यकाको सडक फराकिला र चौडा सडक निर्माण गर्न उपत्यका बिकास प्राधिकरण गठन गरी ब्यापक बिकासको अबधारणा अनुरुप निमार्ण सम्पन्न हाम्रो पर्टी अध्यक्ष कमरेड  प्रचण्ड नेतृत्वको सरकारले नै गरेको हो ।

मिति : २०८२ भाद्रा ५ गते ।

LEAVE A REPLY