अमरज्योति माध्यमिक विद्यालयको कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीलाई बधाई र शिक्षकप्रति आभार
नुवाकोट, असार ६ — तादी गाउँपालिका–३, खरानीटारस्थित अमरज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए सहित शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गर्न सफल भएका छन्।
यस उल्लेखनीय सफलताप्रति विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।
साथै, विद्यार्थीहरूको सफलताका लागि निरन्तर मेहनत र समर्पणका साथ खटिनुहुने प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षक तथा शिक्षिकाप्रति विशेष आभार व्यक्त गरिएको छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालय परिवारको सहयोग र समन्वयले समेत यस सफलतामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ।
अमरज्योति माध्यमिक विद्यालयले हासिल गरेको यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र प्रतिष्ठालाई थप उचाइमा पुर्याएको विश्वास गरिएको छ। आगामी दिनमा पनि विद्यालयले यस्तै उत्कृष्ट नतिजा कायम राख्दै शैक्षिक क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्ने अपेक्षा गरिएको छ।
Home banner news अमरज्योति माध्यमिक विद्यालयको कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीलाई बधाई र शिक्षकप्रति...











