राजधानीबाट नजिकको जिल्ला नुवाकोट बि
कासबाट पछि परेता पनि नुवाकोटका स्थानीय सरकारले बिकासका काम देखाउन धेरैथोरै भएता पनि काम गरिरहेका छ्न । बेलकोटगढी नगरपालिकाले बेलकोटगढी कै रमणीयस्थल चिम्टेश्वर धार्मिक पर्यटन क्षेत्रमा नुवाकोटका सबै भुभाग देखिने काठमाडौ सिन्धुपाल्चोक रसुवा धादिङ लगायतका जिल्ला हेर्न मिल्ने गरि भब्यमहलको रुपमा भ्युटावर निर्माण गरेको छ । पहिलो कुरो काठमाडौ रानीपौवा हुदै त्रिशुली जाने पासाङलामु राजमार्गलाई सहिढंगबाट नबाउने हो भने यो भ्युटावरमा जान धेरै नै कठिनाइ भोग्नुपर्ने हुन्छ । पासाङलामु राजमार्गमा अहिले रानीपौवाको खण्डमा काम हुदै छ भने रानीपौवा भन्दा उता सडकको अबस्था नाजुक छ । बेलकोटगढी नगरपालिकाले चिम्टेश्वर भ्युटावरमा साच्चिकै आन्तरिक र बिदेशी पर्यटकलाई भित्र्याउन प्रयास गर्ने हो भने नगरपालिकाले छुट्टै बिकास समितिको निर्माण गरि आबश्यक पुर्बधार सहितको दिगो बिकासको मुल्यमान्यता सहितको कार्यगर्नु पर्ने देखिन्छ । खाने पानी बिजुली होमस्टे राम्रो होटल लगायत अस्पताल संचारको सुबिधा जस्ता कुरामा नगरपालिका लगायत प्रदेश र संघीय सरकार लागेको खण्डमा भ्युटावरले पर्यटक पाउन सक्ने अबस्था आउन सक्ने छ । अहिलेको यहि पाराले भ्युटावरको खासै अस्थित्व आउने अबस्थामा देखिदैन्न । बिकासका
सबै पुर्बधारको निर्माणकार्य सकिसकेपछि मात्र बनाउनु पर्ने भ्युटावर सुरुमै बनाइदिएकोले गर्दा चाहेर पनि पर्यटन चाहे स्वदेशी हुन वा बिदेशी त्यो ठाउँमा जान सक्ने अबस्था हुदैन । साच्चिकै अब बेलकोटगढी नगरपालिकाले यो ठाउँमा पर्यटन सम्बन्धित व्यावसायिक गतिविधि गर्ने हो भने बिकासका आधारभुत कुरामा पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ ।नुवाकोटका सबै भाग र काठमाडौको पनि धेरैभाग देखिन सकिने अति सुन्दर ठाउँलाई धार्मिक पर्यटन क्षेत्र बनाउन स्थानीय सरकार , प्रदेश सरकार अनि संघीय सरकार लाग्ने हो भने यो ठाउँमा पर्यटन ब्यबसाय गर्ने सकिन्छ अनि बिदेशी देखि स्वदेशी सम्म पर्यटन चिम्टेश्वरमा भित्र्याउन सकिन्छ ।
Home अर्थतन्त्र नुवाकोट चिम्टेश्वर भ्युटावरले कहिले पाउला आन्तरिक र बिदेशी पर्यटक : अधिवक्ता रामेश्वर...










