सगरमाथा आरोहणमा कीर्तिमान राखेका कामिरिता शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले बधाई दिएका छन्। आरोही शेर्पाले आइतबार बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए । उनले  सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

मन्त्रि तामाङले सोमबार बिहान करिव १०:२५ बजे सफल आरोहण गरि सगरमाथा आधार शिविरमा आइपुगेका शेर्पासँग भिडियो कलमार्फत कुरा गर्दै सफलताको शुभकामना दिएका हुन। कामिरिताले आइतबार  बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका ५४ वर्षीय कामिरिता शेर्पाले  सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

LEAVE A REPLY