गणतान्त्रिक प्रगतिशील कानुन ब्यवसायी एशोसिएसन नेपाल नुवाकोटको अध्यक्षमा अधिवक्ता रामेश्वर भण्डारी भेलाबाट सर्वसम्मत चयन हुनुभएको छ । असार २७ गते अनुपमद्रार पाटीप्यालेसमा भएको भेलाले अधिवक्ता रामेश्वर भण्डारीलाई अध्यक्षमा चुनेको हो । कार्यक्रममा प्रमुख अथितीमा पुर्वमन्त्री माननीय हित बहादुर तामाङ , बिशेष अथितीहरुमा कानुन न्याय तथा मानब अधिकार समितीका सभापती माननीय बिमला सुबेदी, पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य माननीय राधिका तामाङ नुवाकोट जिल्ला पाटी इन्चार्ज हिरानाथ खतिवडा जिल्ला पाटी अध्यक्ष पुष्प लामिछाने (अरुण) लगायत जिल्लाका पाटी नेताहरुको उपस्थितिमा भएको थियो । RPLAN केन्द्रिय सचिवालयका सदस्य कृष्ण पोख्रेलको , नुवाकोट बारका पुर्ब अध्यक्षहरु राजाराम थपलिया , सम्भु नेपाल लगायत अधिवक्ताहरुको उपस्थिति रहेको थियो । उहाँहरु सबैले भेलाबाट अनुमोदित भएको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेलाबाट सर्वसम्मत भएको नामवाली यस प्रकारको रहेको छ ।
अध्यक्ष: #अधिवक्ता रामेश्वर भण्डारी
उपाध्यक्ष: #अधिवक्ता रुद्र ढुङ्गेल
सचिव: #अधिवक्ता सुक सागर तामाङ
सह-सचिव: #अधिवक्ता प्रभु शरण खतिवडा
कोषाध्यक्ष: #अधिवक्ता बेनार्जन ढुङगाना
सदस्य:#अधिवक्ता ज्ञान प्रसाद गजुरेल
सदस्य : #अधिवक्ता मनिषा पाण्डे
सदस्य : #अधिवक्ता ज्ञानी तामाङ
सदस्य : #अधिवक्ता निर्मला पौडेल।
Home banner news गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपाल(RPLAN) नुवाकोटको अध्यक्षमा अधिवक्ता रामेश्वर भण्डारी