लघुचलचित्र ` पीडित लोग्नेमान्छे ´ को छायांकन काठमाडौंमा सपन्न भएको छ । अमन एकल ( रामकृष्ण पाण्डे ) को निर्देशन , रामशरण पाण्डेको निर्माण रहेको यस लघु चलचित्रमा कलाकारहरू अमन एकल , रामशरण पाण्डे , सबिना खड्का, नबिन घिमिरे , सन्दिप अगस्ती , रेखा महर्जन लगायतको अभिनय रहेकोे छ । जस्को छायाकन नबिन घिमिरेले
गरेका हुन । समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका निम्ति लघुचलचित्र बनाएको निर्माता पाण्डेले बताए । यस अगाडि पनि निर्माता रामशरण पाण्डेले ` त्यागी श्रीमान ´ निर्माण गरेका थिए , जुन चर्चामा पनि रहेकोे थियो । यो लघुचलचित्र पाण्डे नेटवर्क नामक युटुब च्यानलमार्फत सार्वजनिक हुँदैछ ।
