ने.क.पा माओवादी पार्टीको राजनीतिक यात्रामा महान जनताका घरपिँढी , आगन , भान्सा , चोटाकोठाबाट भएको थियो । भावनात्मक रूपमा भन्दा जनताको मनमनबाट भएको थियो । जनयुद्धमा महिला , दलित ,जनजाति निम्न आय भएका आम जनसमुदायसँग सहकार्य गर्दै हामी अगाडि बढेका थियौ ।
२३८ बर्षको अगाडि देखी जरा गाडेर बसेको राजतन्त्र र लामो समयदेखिको फैलिएको विभेदको विरुद्ध हामीले जनताको घर , आगन र पिँढीमा पुगेर जनताको सरोकारलाई उठाउँदै आयौं । शोषणको अन्त्य गर्ने विषय हाम्रो लागी ज्यादै महत्त्वपूर्ण बिषय रहयो । जनताका हितमा हामी केन्द्रित रहयौ।
हामी २०६३ सालमा शान्ति प्रक्रियामा आयौं । पार्टीले संविधानसभा मार्फत जनताको संविधान लेख्न आफूलाई अगाडि बढायो। जनताको संविधान लेख्न संविधानसभामार्फत अगाडि बढयौ । जनतालाई थोपरिएको विभेदको अन्त्य गर्ने आवाजलाई सम्बोधन गर्दै जनताको हित कसरी हुन्छ भन्दै अगाडि बढ्यौ ।जातीय विभेद , क्षेत्रीय विभेद अन्त्य गर्दै समावेशी , समानुपातिक प्रणाली हुनुपर्छ भन्यौं । धार्मिक विभेदको अन्त्यका लागी धर्मनिरपेक्ष राज्य हुनुपर्छ भन्यौं ।
यावत जनअधिकारका बिषय संविधानमा लेख्ने काम भयो । तीन तह स्थानीय तह प्रदेश तह र केन्द्रिय तहका सरकार हुने कुरा संविधानमा लेख्ने काम भयो । यी तीनै तहमा उत्पीडित जनताको सहभागीता हुनुपर्छ भन्ने हाम्रो अडान रहयो ।
संविधान बन्यो । कानुनहरु बने । लागु गर्ने काममा बहुमत र अल्पमतको बिषय आयो । हामीले जनतालाई के के अधिकार प्राप्त भयो भन्ने कुरा बुझाउन थाल्यौं । जनताले हिजोको आफ्नो गाँस काटेर माओवादी नेताकार्यकर्तालाई पालेका थिए
।तर पुराना पार्टीहरुले एकछिनको भ्रममा पारेर भोट दिए । हामीलाई पनि प्रारम्भमा जनताले बहुमत दिएका थिए । पछि पनि दिएको भए जनताको आफ्नो अधिकार धेरै पाउने थिए ।
हामी हुँदा जनतालाई आर्थिक , भौतिक सुविधा पर्याप्त हुन्थ्यो । जन जिविकाको ग्यारेन्टी हुन्थ्यो । सामाजिक सुरक्षा ( बृद्धाभक्तादेखि युवा रोजगारसम्म ) मा काम गरेकै हो हामीले । सहिद बेपत्ता परिवारलाई निम्ति पनि कार्य गर्यौ । जनतालाई बोल्न सिकायौ , विदेशमा काम गर्न गएका युवाहरूलाई सम्बोधन गर्ने निति ल्याउन पहल गर्यौ ।कमजोर आर्थिक अस्पतालमा फ्रि गराएकै हो । वडा , पालिका , प्रदेश संघमा महिला , दलित , जनजाति आपाङ्गहरुका अधिकार दिनुपर्ने मुद्दा हाम्रो हो ।, सरकारी जागीरहरुमा समानुपातिक प्रणाली लागू गर्ने कार्यक्रम माओवादीले ल्याएको हो । दलित , महिला, आदिवासी जनजातिहरुको अधिकार राज्यको निकायमा स्थापित गर्ने मुद्दा पनि हाम्रो हो । यी यावत कुरा जनताले बुझेकै छन । अहिले पनि जनताको पार्टी माओवादी नै हो ।