टिका पुन र योगेन्द्र ल्वागुनको स्वरमा रहेको गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् । भिडियोमा पुराना कलाकार उत्तम केसी नेपाल र बिनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ब्राण्ड यू पिक्चर्सको प्रस्तुति रहेको भिडियो उत्सव केसीले निर्देशन गरेका हुन् । भिडियोमा छायाङ्कन तथा सम्पादन ज्ञानकुमार कटेलको रहेको छ । तीजलाई लक्षित गरी सार्वजनिक गरिएको गीत ‘सुन परानी’ चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
https://youtu.be/46OgyWOuV1c?si=ChYXXhAMde2MyN9n