खरानीटार नुवाकोट / नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा तादी गाउँपालिकाले पालिकाकाको भवन प्राङ्गणमा तिज बिशेष दर खाने कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा उक्त तिज बिशेष कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अथिती नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता तथा पुर्व मन्त्री एवं नुवाकोट संघीय निर्वाचन १ का माननीय संसद हित बहादुर तामाङको उपस्थिति रहेको थियो । बिशेषअथितिमा बागमति प्रदेश सभा सदस्य माननीय राम प्रसाद ढुंगाना , तादी गाउँपालिका अध्यक्ष सन्तमान   तामाङ  उपस्थिति थियो छिमेकी गाउँ पालिकाका उपााध्यक्षहरु बिमला के.सी. र माकुरी तामााङ लयागतको उपस्थिति थियो । अथितीहरुमा तादी गाउँपालोकाको प्रमुख प्रशासकीय प्रमुख , वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु , विभिन्न राजनीति दलका प्रतिनिधि , सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रमुखअथिती पुर्वमन्त्री माननीय हित बहादुर तामाङलाई भब्य स्वागत गर्दै कार्यक्रम स्थल पुर्याइएको थियो । पुर्वमन्त्री माननीय हित बहादुर तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै नारीको महान पर्वमा शुभकामना दिनुको साथै नारीहरुको अधिकार प्राप्त भएकोले आफ्नो क्षेत्रमा आफ्नो अधिकारको प्रयोग गर्नु पर्छ यसको साथै ग्रामीण क्षेत्रका महिलाहरुको समस्या समाधान गर्न हामी सबै अगाडी बढनुपर्ने कुरा राख्नु भएको थियो । कार्यक्रममा तिज सम्बन्धी लोक गित समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम तादीका दिदीबहिनी लगायत नागारिकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले कार्यक्रम बोल्दै आगामी दिनमा पनि तिज विशेष कार्यक्रम गर्दै जाने आफ्नो कला र सस्कृतिलाई जोगाउन लागि परिरहेको कुरा बताउनु भएको छ ।

LEAVE A REPLY