नुवाकोट  बिदुर / अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिको आयोजनामा भेला तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न छ । पोष्टबहादुर बोगटी स्मृति पार्क पिपलटारमा भएको उक्त कार्यक्रमको अध्यता कार्यबाहक अध्यक्ष दिपेन्द्र थापाले गर्नु भएको थियोे ।कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री हित बहादुर तामाङ बिशेष अतिथि पुर्व संसद कमरेड विमला सुवेदी ,नुवाकोट जिल्ला पाटी इञ्चार्ज कमरेड हिरानाथ खतिवडा , क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष कमरेड मदन ढकाल र वाग्मती प्रदेश समितिको अध्यक्ष अर्जुन पौडेल ,YCL बागमती प्रदेश सहसचिव-कमरेड अर्जुन तामाङ लगायतको उपस्थितिमा २०८२ सालको बिजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथी लगायत अन्य विशेष अतिथिहरुले पनि आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त भेलाले निम्न अनुसारको अखिल क्रान्तिकारी नुवाकोट जिल्ला समिति निर्माण गरेको छ ।
समितिमा अध्यक्ष-कपिल शाह, उपाध्यक्ष -जीवन तामाङ, उपाध्यक्ष -रोजिना तामाङ, सचिव-निराजन दाहाल,सहसचिव-विजय रिमाल,सहसचिव -पल सुनार,कोषाध्यक्ष -सजना खाती, सदस्यहरु अमिशा शाही ठकुरी, राजेन्द्र तामाङ, रिमा तिम्सिना,प्रदीप भट्ट,कञ्चन रानामगर,सुदीप राई,मनोज घतानी,दिपेश ठकुरी,नविन आचार्य ,सलिना तामाङ,सुमन तामाङ,करुणा खतिवडा रहेका छन्।
उक्त कार्यक्रम पोष्टबहादुर बोगटी स्मृति पार्क पिपलटार नुवाकोटमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY