वि.सं. २०८२ साल भाद्र २३ गते पूर्व निर्धारित कार्यक्रम अनुसार नेपालका जेनजी पुस्ताले (१५ वर्ष
माथि २८ वर्ष मुनिका पुस्ताले काठमाण्डौँको माइतिघर मण्डलामा जम्मा भएर सरकारले बन्द गरेको
सामाजिक सञ्जाल खुलाउन र देशमा भएको चरम भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गर्ने
माग गर्दै नारा लगाउँदै नयाँ बानेश्वर तर्फ अगाडि बढेको थियो । नयाँ बानेश्वर स्थित निशोधित क्षेत्र
तोड्दै संसद भवन नजिक पुगेपछि जेनजी पुस्ताको जुलुसको भिडबाट यौटा तप्का जवरजस्ती संसद
भवन भित्र पवेश ग¥यो र तोडफोड गर्दै आगजनी गर्ने प्रयास ग¥यो भनेर अन्दाधुन्न गोली चलाउँदा
क्षणभरमै १९ जनाको मृत्यु भयो । लगभग २०० जना सख्त घाइते भए । त्यसरी गोली लागेर मारिनेमा
अधिकांश स्कूलका विद्यार्थीहरु थिए । अधिकांश मृतकको टाउको र छातीमा गोली लागेको भन्ने छ ।

प्रहरीले चलाएको हो भने घुँडामुनि लाग्नु पर्ने हो । अरु कसैले चलाएको भएर टाउको र छातीमा लागेको
हो भन्ने धेरैले शंका गरेको देखिन्छ । त्यसरी क्षणभरमा त्यतिका मान्छेको मृत्यु र घाइते भएको कारणले
भड्किएको जेन जीको अगुवाईमा भएको प्रदर्शनले २०८२ भाद्र २४ गते देशभर एकै पटक तोडफोड र
आगजानी भयो । राजधानीमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, जिल्ला अदालत,
महान्यायाधीवक्तको कार्यालय लगायत सरकारी संरचना र नेताहरुका घरहरु र व्यापारिक प्रतिष्ठानहरुमा
तोडफोड, लुटपाट र आगजानी भयो । सो घटनामा हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ । ठूलो
संख्यामा घाईतेहरु अस्पतालमा तड्पी रहेका छन् । मृतकहरु प्रति श्रदाञ्जली र शोक सन्तप्त
परिवारजनमा समवेदना तथा घाईतेहरु प्रति शीघ्र स्वास्थ्य लाभको कामना छ ।
जेन जी पूस्ताले सडकमा उत्रिएको दुई दिनमै प्रमुख दुई दलको दुईतिहाईको सत्ता पल्टाई दिने
गरी भएको तोडफोड र आगजनी हुन गएको कारण तर्फ विचार गर्दा निम्न कुराहरु आकलन गर्न
सकिन्छ । जस्तै ः

१)प्रथमत २३ गते १९ जनाको हत्या र ठूलो संख्यामा घाईते हुनासाथ प्रधानमन्त्रीले नैतिकता
बोध गर्दै राजिनामा दिएको भए २४ गते ७७ वटै जिल्लामा तोडफोड र आगजी हुने थिएन ।
जनआक्रोस मथ्थर हुने थियो । तसर्थ यो विध्वम्सको प्रमुख कारक प्रधानमन्त्री र गठबन्धनका
अर्का अध्यक्षलाई नै भन्नु पर्ने हुन्छ

२)केपी ओलीको अहंकार र शेरबहादुरको दम्भ तथा सरकारको जुनसुकै क्षेत्रमा फैलिएको
व्यापक भ्रष्टाचार र नैतिक हराय व्यवहार र क्रियाकलापले गर्दा ।

३)देशमा विकास निर्माण र भौतिक सुधार नभएको कारणले जनतामा देखापरेको नैराश्य ।
विदेशीहरुको विभिन्न स्वार्थको कारणले पनि काम गरेको हुनु पर्छ । जस्तै अमेरिकाको
चिनलाई खुम्चाएर साइजमा राख्ने र नेपालमा सैनिक अखडा बनाउने ।

४)भारतको नेपाललाई आफ्नो पकडमा राख्ने र नेपालका विभिन्न प्राकृतिक स्रोत साधन हात पार्ने
स्वार्थ । त्यस्तै नेपाललाई आफ्नो प्रान्त या व्यापार केन्द्र ठान्ने अहंता र हेपाहा प्रवृत्ति । साथै
२०७२ को संविधान उस्को अनुकूल अनुसार नभएको असन्तुष्टी ।

५)नेपाली भूभाग, साँध सीमाना अतिक्रमण गर्ने र उस्तेले चाहेअनुसारको शासक राख्ने स्वार्थको कारण ।

६)चिनको आफ्नै स्वार्थको कारण जस्तै विश्वव्यापी व्यापार र नेपाल केही हैन भन्ने सोचले गर्दा
नेपालमा जेसुकै होस् भनेर नपत्याएको परिस्थितिको कारण ।७)सरकारी कार्यालयमा भएका ठूलासाना ढिलासुस्ती र पैसा वा घूसखाने खुवाउने । घूस नदिई काम
नबन्ने कारणले जनता आक्रोसित भएको कारणले उक्त घटना भएको मान्न सकिन्छ ।
८)सरकारी कर्मचारीले कार्यकारी पदमा रहेका मन्त्री वा प्रमुखलाइृ ठेकेदारी, व्यापारीहरुको अवैधबाट
प्राप्त रकम खाने खुवाउने घूसको कारण र वडा देखि सबै तह र तप्काको देश र जनताको कुरा
भन्दा आफ्नै स्वार्थ लागेको कारणले गर्दा जनतामा छाएको निराशाको आक्रोश ।
९)विचौलियाहरुबाटको ठेक्कापट्टा अवैध धन्दाबाट प्राप्त रकमले केही व्यक्ति अथाह घनाड्य भए ।
केही व्यक्ति दैनिक हातमुख जोड्न नसक्ने, केही व्यक्ति जसोतसो खानलाउन पनि धौ धौ हुने
स्थितिमा पुगेको स्थितिले पनि जनआक्रोस पैदा हुन पुग्यो ।
१०)नेपाली समाजमा उत्पन्न व्यक्तिवादी अथवा म र मेरो भन्ने सबै खाले प्रवृत्ति एकैठाउँमा
केन्द्रीकृत भएको कारणले पनि यस्तो प्रकारको तहस नहस भएको हो ।
११)आफ्नो देशमा काम नपाई ज्याला नपाउने, देश छाडेर, घर परिवार आफन्त सबै त्यागेर बाध्यता
बस् विदेशिनु पर्ने अवस्थाको कारणले निराशाको कारणले पनि आक्रोस वृद्धि हुन गएको देखिन्छ ।
१२)देशमा एनजिओ, आई एनजिओहरुबाट सामाजिक सञ्जानल मार्फत फैलाईएको अफवाहले
अत्तालिएको जेन जीको आन्दोलनको आवरणमा यही सामाजिक सञ्जाल माथिको प्रतिबन्ध नै
मूलकारण देखिन गएकोले त्यसैलाई खुलाउन जेनजी (युवा) पुस्ता आन्दोलनमा आएको देखियो ।
१३)३० खर्ब आन्तरिक र बाह्य (वैदेशिक) ऋणले टाउको थिचेको कारणले पनि आक्रोस बढेको हो ।
१४) गाउँघरमा बूढा बुढी छोडेर जेनजी पुस्ता विदेशिदा यता घर पट्टी र उता विदेशमा पनि चिन्ता
र निराशा उत्पन्न भएको कारणले पनि आक्रोस बढ्न गएको महसुस हुन्छ ।
१५)यो गेमप्लान अन्तराष्ट्रिय र नेपालका केही मानिस च्याखेमा थिए भन्ने कुरा प्रष्ट छ ।
कञ्चनपुरदेखि झापासम्म राजधानी भित्र सयौ संख्यामा सरकारी कार्यालय त्यक्तिका घर ४.५
घन्टामा जलाउने काम भय वोहोराटारको राष्ट्रपतिको घर जलाउँदा १०१२ जनाले आएर बोरा
कागज पेट्रोल छर्केर सुरुगरेको आँखाले देख्ने बाटो हिड्ने महिला केटाकेटीले देखेका छन् पछी
जुलूस आएको भन्छन् । यो सबै हेर्दा ४.५ महिनाको प्लान हो भन्ने बुझिन्छ । यो घटनाले खासै
नेपालीको हार र विदेशी दलाल स्वार्थको पोकोले जितेको आगजनी हो ।

LEAVE A REPLY