तारकेश्वर काठमाडौ आज मिति २०८२ मंसिर ५ गतेदेखि सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सेक्रेड हार्ट माध्यमिक विद्यालको फुटसल मैदानमा HISSAN TARAKESHOR BOYS AND GIRLS FUTSAL TOURNAMENT – 2082 सुरु भएको छ । आज मंसिर ५ गते बिहान ९ बजे उद्घाटन भएको यस प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र कक्षा ११ र १२ संचालित हिसानआबद्ध बिद्यालयहरुकाबीच तिब्र प्रतिस्पर्धात्मक रूपमा रहयो ।
छात्रतर्फ ८ ओटा र छात्रातर्फ ७ ओटा टिम सहभागी भई व्यवस्थित रूपले संचालन गरिएको कार्यक्रममा आज लिग चरणका २१ ओटा म्याच भएको छ । जस अन्तर्गत छात्रा समूहबाट प्रारम्भ वर्ल्ड स्कुल विजेता हुँदा लालिगुराँस नेशनल एकेडेमी उप विजेता र ल्याण्ड मार्क एकेडेमी विजेता हुँदा हिम रश्मी उप विजेता भयो । त्यसै गरि छात्र समूहबाट कौशल मा.वि. विजेता हुँदा सृजना ज्ञानसागर मा.वि. उप विजेता र प्रारम्भ वर्ल्ड स्कुल विजेता हुँदा ल्याण्ड मार्क एकेडेमी उप विजेता भयो ।
सेमि फाइनल र फाइनलका सम्पूर्ण खेलहरू भोलि मंसिर ६ गते बिहान ११ बजेदेखि सेक्रेड हार्ट माध्यमिक विद्यालय, तारकेश्वर ४ शेषमतीको फुटसल मैदानमा शुरू हुने जानकारी विद्यालयका प्रिन्सिपल तथा कार्यक्रम संयोजक बद्रीनाथ भट्टले दिनुभएकोछ । फाइनलको खेल समापन पश्चात् पुरस्कार वितरण कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डा. समन्तमणि आचार्यद्वारा सोही दिन दिउँसो २:०० हुनेछ ।
` सर्वाङ्गिण विकासको एउटा पक्ष : खेलकुद ‘ भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै टुर्नामेन्ट मुख्यत प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई अनुशासित, सहयोगी तथा सर्वगुणी बनाउन सफल हुनेछ भन्नेमा हिसान तारकेश्वर पूर्ण आशावादी रहेका छौं । ´ आयोजकको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।
Home banner news सेक्रेड हार्टमा फुटसलको शुरुवात, सेमी फाइनलमा प्रारम्भ- सृजना, ल्याण्डमार्क- कौशल, प्रारम्भ-हिमरश्मी, ल्याण्डमार्क-लालीगुराँस...