नुवाकोट, मंसिर ७।
गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो विशेष कार्यक्रममा सहभागी हुन नुवाकोट आउनुभएको छ। आज बिहान ७ बजे उहाँले पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो १२ बजे लिखु गाउँपालिका–५ मा निर्माण सम्पन्न सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको औपचारिक उद्घाटन गर्दै उहाँले विभिन्न स्थानमा आयोजित जनभेटघाट कार्यक्रममा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रमुख आयोजकहरूले बताएका छन्।

हिजो साँझ नुवाकोट पुगेपछि उहाँलाई शिवपुरी गाउँपालिका–६, समुन्द्रादेवीको माने क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

 

LEAVE A REPLY