काठमाडौं — नुवाकोटको अमर ज्योती क्याम्पसले काठमाडौंस्थित आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा उप–बिजेताको उपाधि हात पारेको छ।

फाइनल खेलमा अमर ज्योती क्याम्पस आयोजक आरआर स्ववियुसँग ३–१ सेटले पराजित भएको थियो। उप–बिजेता बनेसँगै अमर ज्योती क्याम्पसले रु २ लाख नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ३ लाख, दोस्रो टोलीले रु २ लाख र तेस्रो स्थान हासिल गर्ने क्याम्पसले रु १ लाखसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न विधागत पुरस्कार प्राप्त गरेका आयोजकले जानकारी दिएका छन्।

भलिबलमा देखाएको उत्कृष्ट खेल प्रदर्शनका कारण अमर ज्योती क्याम्पसको टोलीले प्रशंसा बटुलेको छ।

LEAVE A REPLY