नुवाकोट / बृहद वाम एवं कम्युनिस्ट ध्रुविकरणको प्रक्रिया अघि बढाउँदै एकीकृत रूपमा स्थापित नेपाली कम्युनिस्ट पार्टी नुवाकोटले आज जिल्ला स्तरीय कार्यदल बैठक सम्पन्न गरेको छ। बैठक क. गोबिन्द नेपालीको अध्यक्षतामा बसेको थियो। बैठकमा पार्टीलाई नुवाकोटभर सुदृढ, संगठित र लक्ष्य–मुखी बनाउने उद्देश्यले विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यदलका अनुसार अब जिल्लादेखि पालिका, वडा, टोल तथा सेल कमिटीसम्मका सम्पूर्ण संरचनाहरूलाई एकीकृत चरित्रअनुसार पुनर्गठन र समायोजन गर्ने निर्णय मुख्य एजेन्डाका रूपमा पारित गरिएको छ। वाम एकता र कम्युनिस्ट आन्दोलनको सुदृढतासँगै संगठनात्मक संरचनालाई व्यवस्थित, अनुशासित र कार्यक्षम बनाउन आवश्यक सर्वसम्मत निर्णयहरू गरिएको बताइएको छ।

बैठकले स्थानीय तहमा सक्रिय कार्यकर्ताहरूको भूमिकालाई स्पष्ट गर्न, कार्यविभाजनलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउन, तथा जनस्तरमा संगठनको पहुँच विस्तार गर्ने उद्देश्यले संगठन विस्तार तथा जनसंपर्क अभिवृद्धि योजना समेत तयार गरेको छ। पार्टीको आगामी राजनीतिक अभियान, जनमत निर्माण, तथा स्थानीय मुद्दामाथि सामूहिक हस्तक्षेप गर्ने रणनीतिक कार्यक्रमहरू पनि बैठकले तय गरेको छ।

यस्तै, हालसालै सम्पन्न एकीकृत प्रक्रियापछि उत्पन्न भएका विभिन्न संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै बैठकले पार्टीभित्रको आन्तरिक एकता, समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। जिल्ला नेतृत्वले अघि बढाएको राजनीतिक तथा संगठनात्मक दिशालाई पालिका र वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कमिटीहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ।

बैठकले अन्त्यमा वाम आन्दोलनलाई एकीकृत, क्रियाशील र जनमुखी दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्दै नुवाकोटलाई पार्टीको बलियो आधारक्षेत्रका रूपमा विकसित गर्ने संकल्प व्यक्त गर्दै बैठक सम्पन्न भएको छ।

LEAVE A REPLY