नुवाकोट, । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट संघीय निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीले पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ।
सो निर्णय पार्टीभित्र आवश्यक छलफल र प्रक्रियागत तयारीपछि गरिएको पार्टी स्रोतले जनाएको छ। विकास, समृद्धि र जनजीविकामा संघीय संसदमार्फत सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा तामाङलाई पुनः उम्मेदवार सिफारिस गरिएको बताइन्छ।
तामाङ विगतदेखि नै नुवाकोट जिल्लाको सहरी तथा ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा अग्रसर नेता मानिँदै आएका छन्।
पार्टीले अब सिफारिस सूचीलाई केन्द्रमा पठाई औपचारिक रूपमा उम्मेदवार टुंगो गर्ने तयारी गरेको छ।












